घुससहित श्रीमान्–श्रीमती रंगहाते हात पक्राउ


विराटनगर, पौष २८ । विराटनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गरेको अवस्थामा एक दम्पतीलाई सोमबार रंगेहात पक्राउ गरेको छ । आफूहरुलाई अख्तियारको कर्मचारी भन्दै विराटनगरको रत्ना होटलसँग १० लाख रुपैयाँ मागेका मोरङ कटहरी–१ का रामबहादु भण्डारी र उनकी श्रीमती तुलसालाई अख्तियार टोलीले पक्राउ गरेको हो । उनीहरुबाट होटलबाट लिएको ५० हजार रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ । सुनसरी मोरङ सिँचाइ योजनाका डिभिजन इन्जिनियर सुकदेव चौधरीलाई आफू अख्तियारमा परेको र आफूले मिलाइदिने भन्दै भण्डारीले चौधरीसँग १० लाख रुपैयाँ मागेका थिए ।




प्रतिक्रिया दिनुहोस्...