पूर्वराजा आफ्नो भूमिका नातिका लागी तयार गर्दै


काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो निजी बगानमा राजतन्त्रलाई फर्काउन सकिने वा नससकिने भन्ने डिजाइन बुन्दै आज राजधानी काठमाडौं आउँदैछन् ।
 आजको नेपाल समाचारपत्र दैनिकको एक खबर अनुसार बालसखा प्रभुशमशेर जवरा, पूर्वशाही पाश्र्ववर्ती भरतकेशर सिंह, पूर्वसैनिक सचिव शान्तकुमार मल्ल, रेणु राणा, करुणा राणा र प्रभुशमशेर पत्नी राज्य राणा लगायतका अति निकटसँग उनी संगै बसेका छन् ।

 स्रोतका अनुसार उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । उक्त बसाइका क्रममा पूर्वराजाले आफ्ना निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाक्टर फणीराज पाठकलाई समेत संगै राख्नुभएको थियो ।

 मुलुकमा नयाँ संविधान बन्न नसकिरहेको अवस्थामा र प्रतिपक्षी दलले आन्दोलन घोषणा गरेर सडक सर्घष शुरू गरेको अवस्थामा पूर्वराजाले अति निकट मानिएकाहरुसँग बसेर अति महत्वपूर्ण छलफल गरेको बताइएको छ ।

 उता, छोरा पारस थाइल्याण्डमा बस्न थालेपछि नाति ह्रदयेन्द्रलाई साथमानै लग्न थालेका पूर्वराजाले आफ्नो भूमिका नातिका लागि तयार गरिरहेको बताइएको छ । आफ्ना निकटसँग भएको छलफलमा अबको राजतन्त्रको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल भएको कुरा स्रोतलाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्...