काठमाडाैंमा महिला बस गुड्यो (फोटो फिचर)


फोटो :रामकला खड्का
काठमाडौं : महिला बसमा चढेर आफ्नो गन्तब्यसम्म जान पाएपछि महिला यात्री दंग परेका छन्। बागमती यातायात ब्यवसायी संघले आइतबार कलंकी र बालकोटबाट आफ्ना दुई दुईवटा बस महिलाका लागि मात्रै सञ्चालन गरेपछि महिलाहरु खुसी भएका हुन्। 
 

महिला बसको शुरुवात गर्दै यातायात सचिव तुलसी सिटाै‌ला
'मात्र मैत्री महिला यातायात सेवा' नाम दिइएको उक्त बस सेवाको उद्घाटन आइतबार बिहान यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले गरे । उद्घाटन समारोहमा बोल्दै उनले महिलाले माग गर्दै आएको सुविधाको दिन सकिएकोमा खुसी हुँदै सफलताको कामना गरे। 
 
महिला बसकी सहचालक
'सरकारले महिलाको लागि आरक्षण सिटको ब्यवस्था गरेपनि नियम मिच्नलाई बहादुरी ठान्ने नेपालीमाझ प्रभावकारी नदेखिएकोले यस सेवालाई नमुनाको रूपमा ब्यवस्थितरुपमा सञ्लन गर्नुपर्छ', उनले भने। 
 
यो सेवालार्इ प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न समेत मन्त्रालय तयार रहेको सचिव सिटौलाले प्रतिवद्धता जनाए। यातायात ब्यवस्था विभागका महानिर्देशक मधुसुधन बुर्लाकोटीले कतिपय कार्यक्रम शुरू गरी प्रचार प्रसारमा आएपछि निरन्तरता नदिने प्रवृति रहेकाले यसको निरन्तरताको कामना गरे। 
महिला बस शुभारम्भ कार्यक्रम
महिलाका लागि सञ्चालनमा आएको पहिलो बसमा चढ्ने अवसर पाएकोमा दंग पर्दै स्यूचाटार निवासी विन्दू ज्ञवालीले खुसी व्यक्त गरिन् । 'एक त बागमती यातायात सँधै भिँड हुन्छ', उनले भनिन्, 'त्यसमा पनि एक्लै र बच्चा बोकेर चढ्नुपर्दा गाह्रो हुन्थ्यो। अब भने सुविधा होला जस्तो छ।' 

महिला बसका यात्रु
- See more at: http://annapurnapost.com/News.aspx/story/5217#sthash.abpPoIdw.i1lyhqEl.dpuf




प्रतिक्रिया दिनुहोस्...