नामिबियामाथि ३ विकेटले विजयी


काठमाडौ, माघ ७ - कप्तान पारस खड्का फेरी ब्याटिङमा चम्किएपछि नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । नेपालले बुधबार घरेलु टोली नामिबियालाई ३ विकेटले पराजित गर्‍यो ।

विन्डहोक स्थित युनाइटेड क्रिकेट क्ल मैदानमा पारसले ६४ रनको सानदार इनिङ्स खेलेपछि नेपालले १ सय ४३ रनको लक्ष्य ३७.५ ओभरमा १ सय ४६ रन बनाउदै पुरा गर्‍यो । यसअघि टस हारेर ब्याटिङ गर्न आएको नामिबिया ४९.१ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । नेपाल र नामिबियाले ४ खेलमा समान ३ विजय हात पारेका छन् । तर राम्रो रन रेटमा नामिबिया पहिलो स्थानमा छ । क्यानाडा र नेदरल्यान्ड्स २-२ खेल जिति तेस्रो र चौथो स्थानमा छन् । केन्या र युगान्डा १-१ खेलमात्र जिति पुछारमा छन् । शीर्ष २ टोली फाइनल पुग्दै डिभिजन १ मा उक्लने छन् ।




प्रतिक्रिया दिनुहोस्...