चुनौती सामना गर्न तयार हुनुस् : ओली


चुनौती सामना गर्न तयार हुनुस् : ओली
काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा सहमतिको प्रयास जारी रहेपनि चुनौती थपिएको बताएका छन्। आइतबार संविधानसभा भवन नयाँ बानेश्वरमा आफ्ना सभासद्लाई ब्रिफिङ गर्दै अध्यक्ष ओलीले संविधान निर्माणमा आउने चुनौतीको सामना गर्न तयार रहन निर्देशन दिएका हुन्।
ओलीले वर्तमान गठबन्धन पनि सहमतिकै आधारमा चलेकोउल्लेख गर्दै अहिले कांग्रेस-एमालेसँग ७५ प्रतिशत समर्थन रहेको र यसलाई ८० प्रतिशतसम्म पुर्यालउने दाबी गरे।‘हामी संविधान निर्माण गर्ने क्रममा संयमता अपनाउँछौं,' उनले भने, ’तर टाउको फुटाउँदा पनि सहेर बस्छौ भन्ने होइन।'
त्यस्तै ओलीले एमाले प्रतिवाद गर्ने पक्षान नरहेको भन्दै प्रतिवाद गर्नुपरे त्यो महंगो हुने चेतावनीसमेत दिएका छन्। ‘एमाले अहिले प्रतिवाद गर्ने पक्षमा रहेको छैन,' ओलीले भने, ’हामी भरसक त्यता जाँदैनौ। म भन्न चाहन्छु प्रतिवाद गर्न परे धेरै महंगो हुन्छ।'
ओलीले अहिले बाघलाई बिरोलोले जिस्काएजस्तो उल्लेख गर्दै भने, ’जिस्काउने काम भइरहेको छ।' संविधान सभामा दलीय उपस्थितिप्रति लक्षित गर्दै ओलीले सो कुरा बताएका हुन्। उनले जस्तो सुकै अवस्थामा पनि संविधान जारी गरेरै छाड्ने दाबी गर्दै भने,’गड्यौलाको टुप्पो छोएजस्तो यता उता सर्ने पार्टी एमाले होइन।’





प्रतिक्रिया दिनुहोस्...