छोरीभन्दा कान्छी छिन् कबिर बेदीकी चौथो श्रीमती


नयाँ दिल्ली, माघ ४ –उत्कृष्ट व्यक्तित्वका मालिक कबिर बेदी आफ्नो जमानामा निकै राम्रा महिलाहरुलाई आकर्षित गर्न सफल भएका छन् । कबिर बेदीले चारवटा विवाह गरेका छन् भने उनका थुप्रै प्रेम सम्बन्ध निकै चर्चित बन्न सफल भएको छ । मोडलिङबाट आफ्नो करियर सुरु गरेका कबिरले आफ्नो जीवनमा जे चाहे त्यो पाए । ६९ वर्षका कबिर बेदीले आफूले चाहेको मात्र गरे । कबिर बेदीको पहिलो विवाह प्रोतिमा बेदीसँग भएको थियो जसबाट उनको पूजा नामकी छोरी र छोरा सिद्धार्थको जन्म भएको थियो । प्रोतिमासँग सम्बन्ध बिग्रन थालेपछि उनी करिब तीन वर्षसम्म नायिका परवीन बाबीसँग लिभ–इन रिलेसनका कारण चर्चित भएका थिए । यद्यपी परवीनले उनीसँग विवाह गरिनन् । सन् १९९७ मा सिजोफ्रिनिया नामको रोग लागेका उनका छोराले आत्महत्या गरे । उक्त घटनापछि निकै मर्माहित बनेकी उनकी पहिलो श्रीमती को पनि मृत्यु भएको थियो । कबिर बेदीले दोस्रो विवाह ब्रिटिश फेसन डिजाइनर सुसेन हम्फ्रेससँग गरेका थिए । दुबैको एउटा छोरा एडम बेदी हुन जो अन्तराष्ट्रिय मोडल हुन् । एडमले फिल्म ‘हेलो कौन हे ?’ बाट बलिउडमा पाइला टेकेका थिए । कबिरको दोस्रो विवाह सम्बन्धविच्छेदसँगै अन्त्य भयो । कबिरले सन् १९९० को दशकमा तेस्रो विवाह टिभि र रेडियो प्रस्तोता निक्कीसँग गरेका छन् । सन् २००५ मा यो सम्बन्ध पनि टुट्न गयो । दुबैको बच्चा भने भएन । यसपछि नै कबिरको ब्रिटिश मुलकी नायिका र मोडल परवीन दुसांजसँग प्रेम सम्बन्धमा थिए । केहि समयपछि लिभ–इनमा बसिसकेको यो जोडीले विवाह गरेको छ । विशेष कुरा के हो भने कबिरकी चौथो श्रीमती करिब ४० वर्षकी परवीन उमेरमा कबिरकी छोरी पूजा बेदीभन्दा पनि चार वर्ष कान्छी छिन् ।









प्रतिक्रिया दिनुहोस्...