बन्दमा संविधानसभाको बैठक पनि नराख्‍न प्रचण्डको धम्की


काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सभामुख सुवास नेम्वाङलाई टेलिफोन गरी तीस दलीय मोर्चाले मंगलबार बन्द आव्हान गरेकोले संविधानसभाको बैठक पनि नराख्न आग्रह गरेका छन्।
 
संवैधानिक समितिको प्रतिवेदन पेस गर्नका लागि संविधानसभाको बैठक बिहान एघार बजे बोलाइएको छ। प्रचण्डले मंगलबार बिहान नेम्वाङलाई फोन गरी आफूहरुको पूर्वघोषित बन्दका कारण संविधानसभाको बैठकमा सहभागी हुन नसक्ने भन्दै बैठक स्थगित गर्न दबाबयुक्त आग्रह गरेका स्रोतले बतायो।

 
बैठकमा संवैधानिक समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । सोमबार बेलुकासम्म सहमति खोज्न अन्तिम पटक दिइएको मौका दिइए पनि दलहरु संविधान लेखनका विवादमा सहमति खोज्न असफल भएपछि संवैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले विवादको विवरणसहितको पुरानै प्रतिवेदन संविधानसभामा पेस गर्ने निर्णय भएको छ ।
 
हिजो रातिसम्म भएको वार्ता तथा बैठकबाट कुनै निश्कर्ष आउन नसकेपछि संवैधानिक समितिको सोमबार बेलुका बसेको बैठकले पुरानै प्रतिवेदन संविधानसभामा फर्काउने निर्णय गरेको हो । 






प्रतिक्रिया दिनुहोस्...