अविवाहित गरिमाको सिउँदोमा सिन्दुर


अझै पनि आफू बिहेका लागि तयार नभएको बताउँने नायिका गरिमा पन्तको सिउँदोमा सिुन्दर देखिएको छ । बन्दीपुरमा रहेकी गरिमाले के सुटुक्क बिहे गरिन् त ? कुरा यस्तो पनि होइन ।
गरिमा यतिबेला बाबुराम ढकालको निर्देशनमा बनिरहेको नयाँ चलचित्र ‘तिन घुम्ती’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा गरिमा ‘इन्द्रमाया’को भूमिकामा देखिदैछिन् ।
सोही भूमिकाका लागि गरिमाको सिउँदोमा सिन्दुर देखिएको हो । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृती ‘तिन घुम्ती’ माथि केन्दि्रत रहेर तयार भैरहेको चलचित्र ‘तिन घुम्ती’मा गरिमाले अभिनय गरिरहेकी छिन् । यो चलचित्रको छायांकन बन्दीपुरमा ८० प्रतिशत हुनेछ । garima-panta
छायांकनका लागि केही दिन अगाडि यसको यूनिट बन्दिपुर लागेको थियो । एक चर्चित कृती भएकाले पनि अभिनय गर्ने कलाकार र निर्देशकलाई चुनौती थपिएको छ ।
यसैका लागि आफूहरुले मिहिनेत गरिरहेको निर्देशक ढकालको भनाई छ । चलचित्रमा सामिप्य तिमिल्सिनाले पटकथा तथा संवाद लेखेका छन् । चलचित्रमा ‘पिताम्बर’को भूमिकामा नायक ध्रुव दत्त देखिएका छन् । सुरुवातमा यो भूमिकामा नायक जीवन लुइटेलले अभिनय गर्ने कुरा थियो ।






प्रतिक्रिया दिनुहोस्...