संसदमा भएको घिनलाग्दो बितण्डा अब म्युजिक भिडियोमा (भिडियो सहित)


,काठमाडौँ । गएराती संविधानसभामा देखिएको प्रमुख प्रतिपक्षी एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले गरेको हर्कत हालसम्मकै नेपालको संसदीय इतिहासकै सर्वाधिक घीनलाग्दो घटना हो भन्ने कुरा तपाइ हामीले समाचारमा सुन्यौँ र पढ्यौँ पनी । तर अब यिनै कुरालाई म्युजिक भिडियोमा पनि देख्न पाइने भएको छ ।
एल्बम बबाल भोमा नेपालका शीर्ष दल, प्रतीपक्षी देखि भारत सम्मलाई ब्यग्य गरिएको भिडियोमा सोमबार राती संबिधानसभा भवनमा माओवादीले सभामुखलाई आक्रमण प्रयास गरेको दृश्यलाई समावेश गरिएको छ । 
भिडियोमा कलाकार सुरेन्द्र केसी र शिवशंकर रिजालले संविधानसभामा बबाल भो भन्दै सम्पुर्ण कथालाई बोलेका छन् । खैर भिडियोले जे भने पनि सोमबार राती संविधानसभामा भएको घटनाले फेरि नेपालको शिर निहुरिने गरी एमाओवादी तथा मधेसवादी सभासदहरुले फेरी एकपटक घिनलाग्दो कार्य गरेका छन् ।
प्रतिपक्षीले मर्यादापालकहरुलाई कुटपिट गर्नुका साथै सभ्य समाजमा उच्चारण नै गर्न नसकिने अश्लील शब्द बोलेर सबैलाई लज्जित तुल्याएका छ्न । माओवादीले यस अघि पनि संविधानसभामा नै अर्थमन्त्री माथि बजेट पेश गर्न नहुने भन्दै आक्रमण गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्...