ओबामाकी छोरीको सेल्फी लिक हुँदा इन्टरनेटमा तहल्का


अमेरिका, पुस २३ – अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पहिलो सन्तान मालिया ओबामाको सेल्फी निकै रहस्यमय तरिकाले इन्टरनेटमा छाइरहेको छ । १६ वर्षीया मालियाको केहि सार्वजनिक उपस्थितिमा ह्वाइट हाउसले कडा नियन्त्रण गर्दा गर्दै पनि उनको यो पर्सनल फोटो भाइरल हुँदा हलचल मच्चिएको छ । ओबामाका दुबै छोरीहरु मालिया र सासाको पर्सनल लाइफको विषयमा केहि कुरा पनि सार्वजनिक गरिएको छैन । उनको यस प्रकारको पर्सनल फोटो इन्टरनेटमा भाइरल भएको यो पहिलो घटना हो । फोटोमा मालियाले टी–सर्ट लगाएकी छिन् जसमा एक र्याप ग्रुपको नाम लेखिएको छ । उनको मुख खुल्ला छ र उनले क्यामरामा हेर्दै आफ्नो कपाल मिलाउँदै छिन् । यो फोटो कसले खिचेको र कसरी इन्टरनेटमा लिक भयो भनेर थाहा भएको छैन । यो कुन अवस्थामा कहाँ खिचिएको भन्ने कुरा थाहा नभएको गकर डट कमले बताएको छ । ओबामाका छोरीहरुको सुरक्षाको जिम्मा लिएको ह्वाइट हाउसले अहिलेसम्म यो फोटामाथि कुनै पनि टिका–टिप्पणी गरेको छैन ।




प्रतिक्रिया दिनुहोस्...