कब्जामा रहेका दुई जापानीलाई मार्ने आइएसको धम्की, २ करोड डलर फिरौती माग (भिडियो सहित )


इस्लामिक लडाकू समूह ‘आइएस’ले फिरौती रकम नदिए आफ्नो कब्जामा रहेका दुई जापानी नागरिकलाई मार्ने धम्की दिएको छ ।japnibandkमुकुन्डो लगाएका आइएस लडाकूले भिडियोमार्फत् ७२ घन्टाभित्र २ करोड अमेरिकी डलर नदिए कब्जामा रहेका दुई जापानीको हत्या गर्ने धम्की दिएको बीबीसीले जनाएको छ ।
मुकुन्डोधारी लडाकूले आइएस लडाकूविरुद्ध उत्रिएका मुलुकलाई सहयोग गरेको भन्दै जापानको आलोचनासमेत गरेको छ । जापान सरकारले भने भिडियोको आधिकारीकता पुष्टि गरिरहेको भन्दै भिडियो सत्य भए त्यो माफी लायक नहुने जनाएको छ । जापानले आफ्ना नागरिकको रिहाईका लागि हरसम्भव प्रयास गर्ने पनि बताएको छ ।
पछिल्लो समय आफ्नो कब्जा रहेको बन्दीहरुलाई आइएसले मूख्य ‘प्रोपोगान्डा’को साधन बनाउन थालेको छ । इस्लामिक राज्यको माग गर्दै सशस्त्र संघर्ष गरिरहेको आइएसले पूर्वी सिरिया, उत्तर र दक्षिणी इराकको ठूलो भू–भाग आफ्नो नियन्त्रणमा लिएको छ ।
भिडियो हेर्नुस :





प्रतिक्रिया दिनुहोस्...