अपडेट: बिजुलीबजारमा एक निमेषमा नै मोटरसाइकल खरानीमा परिणत (भिडियोसहित)


मिडिया एनपी,काठमाडौँ । शान्तीपुर्ण रुपमा हुने भनिएको एमाओवादी नेतृवको मोर्चाको आजको आन्दलोन हिंसात्मक बन्दै गएको छ । जसबाट आम सर्वसाधारणले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ ।

 जसको जोलन्त उदाहरण बनेका छन् काठमाडौँको बिजुली बजारमा एक क्षणमा नै जलेर खरानी बनेको बा २० प ८९४९ नम्वरको मोटरसाईकल र त्यसका चालक ।

 बन्दकर्ताले हनुमानथाननजिकै अनामनगर पुलबाट विजुलीबजारतिर आउँदै गरेको इस्प्लेन्डर मोटरसाइकल नियन्त्रणमा लिएर लामो कुराकानी नै नगरी एक्कासी चालकलाई झारेर आगो लगाइदिए ।

 ट्राफिक प्रहरीहरुले लगाउने खालको पहेंलो टल्कने ज्याकेट भिरेर आएका चालकलाई नियन्त्रणमा लिएर सोध्दा सञ्चारमाध्यमको परिचयपत्र देखाउन नसकेपछि बन्दकर्ताहरुले मोटसाइकल जलाएका थिए । प्रर्दशनकर्ता मध्येका एकले भने यसले पत्रकार हुँ भन्यो कार्ड देखा भन्दा देखाएर नक्कली पत्रकार





प्रतिक्रिया दिनुहोस्...