चर्चित नायिका रेखा थापाको शनिबार


प्रायः कलाकारहरु शनिबार नयाँ–नयाँ ठाउँमा घुम्न जाने गर्छन । अनि रेष्टुरेन्ट र क्याफेमा खाना खान्छन । सिंगो चलचित्र उद्योगको एउटा खम्बा चर्चित नायिका रेखा थापाको दैनिकी कसरी बित्ला ? यो आम चासोको विषय बन्न सक्छ । ठूलो पर्दामा सर्वाधिक रुचाइएकी यिनै नायिका थापाको शनिबारे कार्यक्रम बुझ्ने प्रयास नेपालपाटी डट कमले गरेको छ ।

रेखा थापा सधैझैँ शनिबार पनि बिहान ८ः३० बजे उठिन । त्यसपछि उनी नित्यकर्ममा लागिन् । ९ बजे तातो पानी पिइन् । अनि आमाले पकाएको खाना खाइन । ‘म प्रायः बाहिर खाना खान्न’ उनले भनिन ‘आमाले साह्रै मीठो खाना पकाउँनुहुन्छ, खाना खाने तयारीमा छु ।’ बिहान ११ बजेपछि आफ्नै नवनिर्मित चलचित्र रामप्यारीको स्क्रिप्टमा उनी व्यस्त हुँदैछिन । २ बजेसम्म स्क्रिप्टको काम गरेपछि साथीहरुसंग भेटघाट गर्ने उनको कार्यक्रम छ । त्यसपछि उनी बैठकका लागि दिदीको घर जानेछिन । सम्भवत उनको डिनर पनि त्यही नै हुनेछ । ‘मिटिङको लागि दिदीकोमा जाँदैछु, सायद डिनर पनि त्यही हुन्छ होला’ उनले भनिन । उनी राति ११ बजेतिर सुत्नेछिन ।




प्रतिक्रिया दिनुहोस्...