प्याजको रहस्य खुल्यो, ४ हजार वर्ष पहिलेदेखि खाइँदैछ प्याज -
काठमाडौं, माघ १ । हरेकको भान्सामा अत्यावश्यक ठहरिने तरकारीको सहायक वस्तु प्याज कति समयदेखि प्रचलनमा आएको होला भन्ने रहस्य खुलेको छ ।
प्याज ४ हजार वर्ष पहिले पनि व्यन्जनहरुमा प्रयोग गर्ने गरिएको खुलेपछि यसको उमेर पत्तो लागेको हो । ‘मेसोपोटामियाकाल’मा लेखिएको एक लेखका माध्यमबाट फ्रेन्च पुरातत्वविद्ले यसको खुलासा गरेका हुन् ।
/>
यो नै एउटा त्यस्तो खाद्यवस्तु हो, जसको १७५ देशमा उत्पादन हुन्छ । भारत र चीनले त कूल प्याज उत्पादनको ४५ प्रतिशत हिस्सा राख्दछन् । तर, उपभोग भने सबैभन्दा बढी लिबियाले गर्ने गरेको छ ।
येल विश्वविद्यालयको बेबिलोनिया संग्रहमा संकलित तीन लेख पाककलाका लागि संसारकै सबैभन्दा पुरानो मानिन्छ । जहाँ ४ हजार वर्ष पहिले नै प्याज तरकारी परिवारमा सबैभन्दा प्रिय रहेको उल्लेख गरिएको छ ।
त्यतिबेलाका मानिस हरियो प्याज, छोटो प्याज र लसुनको प्रयोग गर्दथे । ४ हजार वर्षदेखि नै लोकप्रिय भएकै कारण होला अहिले पनि यसको प्रयोग र माग उत्तिकै बढेको छ । यो खाद्यवस्तु मध्य एसियाबाट विश्वभर फैलिएको इतिहास रहेको छ । (एजेन्सी)