संविधानका लागि युवा संघको 'नाङ्गो' जुलुश


फोटो :रासस (नाङ्गो जुलुशमा सहभागी युवा संघका नेता कार्यकर्ताहरु)
काठमाडाैं : माघ ८ मै संविधान जारी गर्नुपर्ने माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघले शनिबार राजधानीमा नाङ्गो जुलुश निकालेको छ । शरिरको कम्मरभन्दा माथिका लुगा फुकालेर सडकमा निस्केका युवा संघका कार्यकर्ताले तोकिएकै समयमा संविधान जारी गर्न माग गरे ।
 
संघको कार्यालय बिजुली बजारबाट निस्केको अर्धनग्न जुलुशका सहभागीहरुले जनतमतको सम्मान गर, जातीय संघीयता चाहिन्न, देश टुक्र्याउन पाइन्न र ६०१ जना सभासद खबरदार जस्ता नारा लगाएका थिए ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि कोणसभामा परिणत युवाहरुको अर्धनग्न जुलुशलार्इ सम्बोधन गर्दै युवा संघका महासचिव राजिव पहारीले दलहरुले गरेको बाचा बमोजिम् माघ ८ मै संविधान जारी गर्नुपनर्ने बताए ।
जातीय संघीयता र एक मधेस एक प्रदेशको मुद्दा उछालेर एमाओवादी र मधेसी दलहरुले जनमत कुल्चँदै अघि बढ्न खोजेको महासचिव पहारीले आरोप लगाए । 'जनमतलाई कदर गर्दै सहमतिबाटै संविधान जारी गरियोस्', महासचिव पहारीले भने, 'सहमतिको प्रयास असफल भए प्रक्रियाबाटै संविधान जारी गरियोस ।'






प्रतिक्रिया दिनुहोस्...