जनकपुरमा बन्दकर्ताको ज्यान गयो
फोटो :मनिका झा (जनकपुरमा बन्द गराउँदै हिँडेका ३० दलीय मोर्चाका कार्यकर्ता)
जनकपुर : ३० दलीय मोर्चाको बन्दका क्रममा सडकमा प्रदर्शनरत एक प्रदर्शनकारीको ज्यान गएको छ । बजार बन्द गराउँदै हिँडको जनकपुर नगरपालिका–२ कदम चोक निवासी एमाओवादीका कार्यकर्ता ३५ वर्षीय राजाराम झाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बन्द गराउने क्रममा प्रदर्शनमा उत्रेका उनी अचानक बेहोस भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएपछि त्यहाँका चिकित्सक उनलाई मृत घोषित गरेका थिए । यसैबीच बन्दकर्ता र प्रहरीबीच जनकपुरको भरमुरा चोकमा झडप भएको छ । झडपमा केही सामन्य घाइते भएका छन् । त्यसैगरी बन्दकर्ता र प्रहरीबीच सिरहामा पनि झडप भएको छ ।