भारत र पाकिस्तानको सिमामा भिडन्त


 भारत र पाकिस्तानको सीमा क्षेत्रनजिकै बिहीबार गोली हानाहान भएको समाचार छ । सो दोहोरो फायरिङ्मा परी भएको मानवीय क्षतिको विवरण भने नआएको अधिकारीहरुले जनाएका छन् ।

भारत प्रशासित काश्मिरी सहर श्रीनगरबाट करिब ८३ किलोमीटर दक्षिणमा पर्ने सापाइन जिल्लानजिकै को जङ्गलमा सो झडप भएको बताइएको छ 

उक्त सीमा क्षेत्रमा समय समयमा दुवै देशका सीमा रक्षकबीच दोहोरो फायरिङ हुने गरेको थियो । तर यस पटक भने भारत र पाकिस्तानबीचको नभई हतियारधारीबीच सो भिडन्त सुरु भएको बताइएको छ ।

अधिकारीहरुले दिएको जानकारीअुनसार उक्त जङ्गलमा हतियारधारीहरु लुकेर बसेको सूचनाको आधारमा भारतीय सेनाले उक्त क्षेत्रमा पछ्याईरहेको थियो ।

बिहीबार अपरान्ह त्यहाँ दुवैतर्फ भिडन्त भएको र ठूलो सङ्ख्यामा प्रहरी र भारतीय सैनिक त्यसतर्फ लागेको काश्मिरका प्रहरी अधिकारीले जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्...