पेट्रोललाई बाई बाई : अब पानीबाटै गुडछ मोटरबाइक
काठमाडौँ, १ माघ । भारतका एक विद्यार्थीले पानीबाट नै मोटरसाइकल गुड्ने प्रविधिको विकास गरेका छन् । भारतको चन्डीगढको सेक्टर २२ मा रहेको सरकारी मोडल स्कुलका विद्यार्थीले पानीबाट मोटरसाइकल चल्ने प्रविधिको विकास गरेर सबैलाई चकित बनाएका छन् । भर्खर १० कक्षामा अध्ययन गर्दै गरेका विद्यार्थीले पानीबाट मोटरसाइकल चल्ने प्रविधिको विकास गरेको खबरले भारतीय सञ्चार माध्ययममा तहल्का मच्चाएको छ । भारतको सरकारी विद्यालयको १० कक्षामा अध्यननरत छात्र नित्याशिष भण्डारीले भौतिक विज्ञानका शिक्षक अजय गुप्ताको निगरानीमा पानीबाट मोटरसाइकल गुड्ने प्रविधिको विकास गरेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । विद्यालयका छात्रले मोटरसाइकल पानीबाट कुदाउन अक्सी हाइड्रोजन सेलको तीनवटा इन्जिनमा फिट गरेका छन् । जसको मदतबाट पानीलार्इ अक्सी हाइड्रोजन ग्यासमा बदलिदिन्छ । छात्रले पानीबाट चल्ने मोटरसाइकल बनाएको भए पनि उक्त मोटरसाइकल स्टार्ट गर्न भने पेट्रोल नै चाहिने भारतीय सञ्चार माध्ययमले जनाएका छन् । जब मोटरसाइकल स्टार्ट भएपछि तुरुन्तै ग्यासले काम गर्न थाल्छ । त्यपछि इन्जिनमा जति ग्यास उत्पन्न हुन्छ, त्यति नै खर्च भइरहन्छ । पानीबाट मोटरसाइकल गुडाएका छात्र भण्डारीले कार समेत गुडाउन सकिने बताएका छन् । विद्यार्थी भण्डारीले पानीबाट मोटरसाइकल र कार समेत गुड्न सक्ने प्रमाणित समेत गरेका छन् । त्यसको लागि समुन्द्रको पानी वा डिस्टिल वाटर जे भए पनि हुने समेत बताएका छन् । उनले तयार पारेको मोटरसाइकल समुद्री पानीबाट २ सय ५० किलोमिटसम्म गुड्ने बताइएको छ । पेट्रोलवाला बाइकले धुवा निकाल्छ भने यो भाँडा हालिएको बाइकको साइलेन्सरबाट पानी निस्कन्छ । पानीबाट मोटरसाइकल चल्न मिल्ने भाँडो तयार पार्न एक हजार ९ सय भारतीय रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ । यो प्रविधि जडान गरेको मोटरसाइकलको गति ५० किलोमिटरसम्म हुने बताइएको छ । भाँडोमा हालिएको पानी सकिएमा पानीमात्रै बदल्नुपर्छ । पेट्रोलको आवश्यकता पर्ने छैन ।