दुर्घटनाग्रस्त एअर एसियाको विमानलाई उडान भर्ने अनुमति थिएन
काठमाडौं, पौष १९ । एअर एसियाको दुर्घटनाग्रस्त विमान ‘क्यूजेड ८५०१’ लाई उक्त दिन उडान भर्ने अनुमति नै नभएको बीबीसीले जनाएको छ । अर्को उडानका लागि चार दिपछि मात्र अनुमति रहेको बताइएको छ ।
उता, इन्डोनेसियाका उड्ययनमन्त्रीले सुराबायाबाट सिंगापुर उडान भर्ने एअर एसियाका सबै विमानलाई निलम्बित गरिदिएका छन् ।
आइतबार १६२ यात्रीलाईबोकेर ‘क्यूजेड ८५०१’ विमान पनि सुराबायाबाटै सिंगापुर उड्दै गर्दा जाभा समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।
अहिलेसम्म समुद्रबाट ३० ओटा शव निकालिएको बीबीसीले जनाएको छ । शव र विमानका अवशेषको खोजीकार्य जारी छ । -