छुरा प्रहारबाट घाइते एमाले नेतालाई हेलिकोप्टरबाट काठमाडौं लगियो


छिमेकीको छुरा प्रहारबाट नेकपा एमाले गोरखाका जिल्ला कार्य समिति सदस्य आरुआर्वाङ गाविस ८ का ३६ वर्षिय सन्तबहादुर नेपाली गम्भीर घाइते भएका छन्।
माघी मेला हेरेर फर्कने क्रममा शुक्रवार बिहान ६ बजे स्थानीय ४० वर्षका ताराबहादुर खड्काले छुरा प्रहार गरेको आरुघाट इलाका प्रहरी कार्यालयका इन्सपेक्टर रविन्द्र खनालले बताए।
Map of Gorkha Districkघाइते नेपालीको टाउको र मुखमा गम्भीर चोट लागेकाले शुक्रवार नै हेलिकप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ। नेकपा एमालेका कार्यवाहक अध्यक्ष विशेश्वर कट्टेलले एक विज्ञप्ती जारी गर्दै जिल्ला सदस्य नेपालीमाथि भएको आक्रमणको भर्त्सना गर्दै कारवाहीको माग गरेका छन्।
गैर सरकारी संस्था महासंघ गोरखाका पनि सदस्य रहेका नेपालीलाई आक्रमण गर्नेलाई हदैसम्मको कानुनी कारवाही गर्न गैसस महासंघ गोरखाका अध्यक्ष काजिराम रोकाले बिज्ञप्ती जारी गर्दै माग गरेका छन्।
छुरा प्रहार गर्ने खड्का र उनले प्रहार गरेको छुरा प्रहरीले नियन्त्रणमा लिएको छ । खड्काले मदिरा पिएर पुरानो रिसइभीका कारण छुरा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।






प्रतिक्रिया दिनुहोस्...