मदेशलाई टुक्राउन राजेन्द्र महतो र उपेन्द्र यादवले देशद्रोही सिके राउतलाई सघाएको खुलासा


आरसी अर्याल, काठमाडौं । यतीबेला मुलुकको राजनीतिमा राजेन्द्र महतो र उपेन्द्र यादवको भुमिकालाई शंकाको घेरामा राखिएको छ । सिकेराउत प्रकरण देखि नै उनीहरुको भुमिका अस्पष्ट रहँदै आएको भए पनि यतीबेला झनै विवादीत बन्दै आएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चारदलको बैठकमा छिर्नै लाग्दा उपेन्द्र यादवले फोनमा कसैलाई निर्देशन दिइरहेका थिए । ‘ए त्यो पहाडे पुलिसले हाम्रो कार्यकर्तालाई पिट्ने, त्यसलाई कारबाही गर्नुस् ।’ यतीकैमा उनी संविधान बनाउनकालागि बस्न लागेको बैठकमा छिरे र भने– ‘पहाडे पुलिसले हाम्रा मान्छेलाई कुट्यो, पहाडेहरुले तराईमा यस्तो काम गर्न पाउँदैनन् ।’ संविधान बनाउन बसेको बैठकमा यस्तो कुरा गर्ने उपेन्द्र यादवको मानसिकता के हो ?
अहिले यही र यसैको पेरिफेरीमा राजनीति तरंगीत भैरहेको छ । उनी र राजेन्द्र महतो यतीबेला उग्र मधेसवादी बनेका छन् । उनीहरु सायद पहाडी मुलका नेपालीहरुलाई मान्छे गन्न पनि छाडीसकेका छन् । तर, उनै राजेन्द्रर उपेन्द्रले काठमाडौंमा करोडौंकोसम्पत्तीजोडेका छन् । पटक पटक मन्त्री बनेका उनीहरुले राजधानीलाई नै आफ्नो आधार बनाइसकेका छन् ।
चुनावका बेलामा मधेसमा दुई चार दिन विताउने बाहेक उनीहरु त्यहा जाँदैनन् । अहिले तराईमा सितलहरका कारण सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । मधेसको मायाँ गर्नेले त काठमाडौंमा रमाइलो होइन, सितलहर पीडित जनतालाई न्यानो दिन सक्नुपर्ने । तर, पहाडमै बसेर पहाडे र मधेसी भन्दै जनता विभाजीत गराउने काममा उनीहरु लागेका छन् ।
देशद्रोही सिके राउतका पक्षमा बोल्ने र उनलाई उक्साउने काममा पनि राजेन्द्र र उपेन्द्रकै हात रहेको छ । दलहरुका बीचमा हुने वार्ताहरुमा पनि यी दुई नेताकै कारण सहमती बन्न नसकेको एक नेता बताउँछन् ।
उनी भन्छन्–‘यो देशको राजनीतिमा उपेन्द्रर राजेन्द्र जस्तो घाँडो मान्छे मैले देखेकै छैन, उनीहरुकै कारण संघियतामा सहमति बन्न नसकेको हो ।’ एकातीर माघ ८ मा संविधान जारी गर्ने भाषण पनि गर्दै हिँड्ने, अर्कातिर सहमति बन्न पनि नदिने उनीहरुको चरित्र बुझि नसक्नु बन्दै जानथालेको ती नेताले बताए ।
राजेन्द्र र उपेन्द्रकै उक्साहटमा मधेसी मोर्चाले एमाले अध्यक्ष केपीओलीले माफि नमाग्दासम्म चारदलको संयुक्त बैठकमा नबस्ने बताउँदै आएको छ । तर, विजय गच्छदारले यस्ता झिना मसिना कुरामा नअल्झन उनीहरुलाई चेतावनी दिइसकेका छन् ।
गच्छादारलाईपनिउनीहरुले पहाडेको पक्षमा लागेको भन्दै आरोप लगाउन थालेका छन् । पुर्व उपप्रधान एवं परराष्ट्र मन्त्री भैसकेका उपेन्द्र र धेरै पटक सत्ताको स्वाद लिइसकेका राजेन्द्रको पछिल्लो गतिविधिले आम जनतालाई दुखि बनाएको छ । उनीहरुको यस्तो रबैयाका कारण संविधानका विवादीत विषयमा पनि सहमति बन्न नसक्ने अवस्था आउन थालेको छ । यस तर्फ बेलैमा सबै सचेत हुनु जरुरी देखिन्छ । source:sandeshnepal




प्रतिक्रिया दिनुहोस्...