छोरी मन नपरेको भन्दै बुवाले जिउँदै गाडे आफ्नी १० वर्षीया छोरी..दर्दनाक खबर


नयाँ दिल्ली, पुस ३ – भारतको एउटा राज्य त्रिपुरामा एक युवकले आफ्नी १० वर्षकी छोरीलाई जिउँदै गाढ्न प्रयास गरेको आरोपमा पुलिसले पक्राउ गरेको छ । अबुल हसन नामका युवकले आफ्नी छोरी मन नपरेका कारण उनलाई जिउँदै गाड्न खोजेको पुलिसले बताएको छ ।   प्राप्त जानकारीका अनुसार हसनले श्रीमती बाहिर गएको मौका छोपेर छोरीलाई गाड्नका लागि घरपछाडि ठूलो खाल्डो खनेका थिए ।   छोरीको हात बाँधेर उनको मुखमा कपडा बाँधेर उनले छोरीलाई उक्त खाल्डोमा हालेर पुर्दै थिए । त्यहि समयमा श्रीमती आइपुगेको थाहा पाएर उनले हतार हतार एउटा ठूलो भाँडोले छोरीको टाउको छोपिदिएका थिए ।   आफ्नो श्रीमान् निकै आत्तिएको देखेर उनले शंका गर्दै घरको सबै खोजतलास गर्न थालिन् । घरपछाडि छोरीलाई गाडिएको अवस्थामा देखेर उनले कराउन सुरु गरिन् । उनको आवाजले उनका छिमेकीहरु एकै ठाउँमा जम्मा भए र घटनाको जानकारी पुलिसलाई दिए । उनीबिरुद्ध मुद्दा दर्ता भएको छ । 




प्रतिक्रिया दिनुहोस्...