यौन सम्पर्कको विषयमा महिला र पुरुषमध्ये कसले बढि सोँच्छन्.? तपाइँ को विचार मा



sex
यौन सम्पर्कको विषयमा महिला र पुरुषमध्ये कसले बढि सोँच्छन् होला ? एक अध्ययनले महिलाको तुलनामा पुरुषको मनमा सम्भोगका विषयमा बढि सोचाइ आउने गरेको देखाएको छ । अध्ययन अनुसार पुरुषहरुले सम्भोगका विषयमा एक दिनमा कम्तिमा ३४ पटक सोच्दछन् जबकी महिलाहरुले झण्डै १८ पटक मात्र ।
अमेरिकाको ओहियो स्टेट युनिभर्सिटीका विद्यार्थीहरुमा गरिएको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययनका क्रममा कलेजका विद्यार्थीहरुलाई हरेक दिन उनीहरुलाई सेक्स, खानपान तथा निद्रा लगायतका विषयमा आउने सोचाइको रेकर्ड गर्न लगाइयो ।
अध्ययनले सम्भोग बारेका सोचाइ महिलामा भन्दा पुरुषमा झण्डै दोब्बर हुने तथ्य पत्ता लगाएको भएपनि महिलाले सम्भोगका बारेमा सोँच्ने दर यसअघि अनुमान गरिएको भन्दा निकै बढि रहेको शोधकर्ताहरुको भनाइ छ ।
अध्ययनले महिलाहरुले औषतमा २४ घण्टामा १८.६ पटक सम्भोगका विषयमा सोँच्ने गरेको देखाएको छ । यो भनेको ८ घण्टा सुत्ने समय बाहेक महिलाहरुले हरेक ५१ मिनेटमा एक पटक सेक्सका बारेमा सोँच्ने गरेका छन् ।
त्यस्तै पुरुषहरुले एक दिनमा औषतमा ३४ं२ पटक सेक्सका विषयमा सोँच्ने गरेको पाइयो । यस अनुसार पुरुषहरुले हरेक २८ मिनेटमा सेक्सका विषयमा सोँच्ने गर्दछन् ।
सर्भेका क्रममा मनोविज्ञहरुले २ सय ८३ जना १८ देखि २५ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई एक हप्तासम्म अध्ययन गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्...