रेखा थापालाई छवि ओझा किन अझै माया गर्छन
अभिनेत्री रेखा थापा र निर्माता छवि ओझाको श्रीमान र श्रीमतीको साइनो चुडिएको तीन वर्ष भयो तर छवि ओझा रेखालाई अनवरत रुपमा माया गरिराखेका छ ।
रेखाद्वारा अभिनित चलचित्र जुनसुकै होस् छवि कहिल्यै छुटाउदैनन् । ओझाले पूर्वपत्नी एवम् अभिनेत्री रेखा थापालाई अझै माया गर्ने गरेको खुलासा आजको राजधानी दैनिकले गरेको छ ।
छवि ओझालाई रेखाको मायाले आइतमार समेत छोपिराखेको थियो । चलचित्र अलविदाको प्रेस प्रदर्शनी कार्यक्रम सकिन नपाउदै छवि ओझालाई रेखा थापाद्वारा अभिनीत चलचित्र ‘तथास्तु’ हेर्न हतार भइसकेको थियो ।
छविले रेखा आफ्नो बच्चा भएको र उसले अभिनय गरेको चलचित्र हेर्न आफूलाई हतारो लाग्नु स्वभाविक भएको समेत बताएका छन् ।
छविले भेनका छन् ‘रेखा मेरो बच्चा हो, मैले नै रेखाजीलाई यो क्षेत्रमा ल्याएकाले उनको फिल्म कस्तो बनेको छ भनेर त हेर्नै पर्यो नि हैन र ?’
छविले श्रीमान र श्रीमतीको सम्बन्धबाट टाढा रहेको भए पनि रेखाको प्रगतिप्रति आफू खुसी हुने गरेको समेत बताएका छन् । छविले भनेका छन् ‘सबैलाई आफ्नो सन्तानले प्रगति गर्दा खुसी लाग्छ । चलचित्र वृत्तमा रेखा मेरो बच्चा भएकाले उनले प्रगति गर्दा खुसी लाग्नु स्वभाविकै हो नि ।’