उत्तर कोरियाले पानीबाट मिसाइल हान्ने पानी जहाज बनाउँदै


२७ पुष,एजेन्सी ।एक अमेरिकी थिंक ट्याङक सस्थाले उत्तर कोरियाले पानी भित्रबाट मिसाइल प्रहार गर्ने सक्ने शक्तिशाली पानीजहाज बनाउँदै गरेको सुचना दिएको छ। उक्त सुचनामा उत्तरले बनाइरहेको पानी मुनि चल्ने जहाज पत्ता लगाउन गाह्रो र मिसाइल बोक्न सक्ने क्षमताको भएकाले यसले दक्षिण कोरियालाई ठुलो समस्या खडा गर्ने पनि चेतावनी दिइएको छ ।
 
जोन्स हप्किन्स स्कुल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिज अन्तर्गत रहेको युस कोरया इन्स्टिट्युटले भुउपग्रहले लिएको तस्विरको आधारमा यस्तो दाबी गरेको हो।।

गत डिसेम्वर १८ मा लिएको तस्विरमा ४.२५ मिटर लामो र २.२५ मिटर चौडाईको सबम्यारिनमा माथिल्लो भागमा सानो मिसाइल राख्न सकिने व्यस्थासहितको बनावट देखिएपछी उत्तर कोरिया मिसाइल प्रहार गर्ने सक्ने पानी मुनि चल्ने सबम्यारिनको निर्माणसम्म पुगेको ठानिएको हो। 
भुउपग्रह तस्विर विशेषज्ञ जोसेफ बर्मुडेजले ती तस्विर हेरेर यसको पुष्टी गरेको बताइएको छ। उत्तर कोरियाले मिसाइल प्रहार गर्ने क्षमता सहितको उक्त जहाज बनाएमा त्यसले छिमेकी दक्षिण कोरियालाई ठुलो खतरा पैदा गर्ने र पुर्वि एसियका जापानी तथा अमेरिकी सैन्य आधारलाई समेत असुरक्षित बनाइदिने विश्लेषण गरिएको छ।

उत्तर कोरियाले सन २०१२ मै एडभान्स्ड मिसाइल टेक्नोलोजी विकास गरिसकेको अनुमान गरिन्छ । तर पछिल्लो समयमा उत्तर कोरियाको परिक्षणले बने उ आणविक हतियार सहितको मिसाइल विकास तर्फ त अगाडी बढेको छैन भन्ने संशय बढाइदिएको छ ।
उत्तर कोरियाले आणविक हतियारलैस मिसाइल बनाउन सफलता हासिल गरे अमेरिकी मुख्य भुभागसम्म मार हान्न सक्ने बताइन्छ जसले हाल रहेको सामरिक सन्तुलनलाई ठुलो परिमाणमा उलटफेर गरिदिनसक्छ।

युवा शासक किम जोंग उनबाट शासित उत्तर कोरियाका पछिल्ला प्रयोगहरुबाट दक्षिण कोरियामा भने तनाव बढ्दै गएको छ भने अमेरिकी तथा जापानी खेमा पनि निश्चित रुपमा खूसि छैनन ।





प्रतिक्रिया दिनुहोस्...