फ्रान्समा गोलि चल्यो : ११ को मृत्यु
फ्रान्समा एक पत्रिकाको अफिसमा एक बन्धुकधारीले फाइरिंग गरि ११ जनाको हत्या गरेको छ | भने १० जना घाइते भएका छन | बिश्व भर आतंक मच्चाइरहेको आइएसले उक्त घट्ना घटाएको हुन् सक्ने प्रहरीको अनुमान छ | फ्रेन्च स्याटिरिकल म्यागजिन ‘चार्ली हेब्दो’ को कार्यालयमा हमला भएको बिबिसीले उल्लेख गरेको छ | घटनालाई फ्रान्सका राष्ट्रपति फ्राँस्वा होल्याण्डले यो आतंककारी हमला बार्बरिक भएको भन्दै, घोर निन्दा गरेका छन | उक्त साप्ताहिक पत्रिकाले आफ्नो पछिल्लो ट्विटमा आइएसका लिडरलाइ ब्यंग्य गरेको कार्टुन प्रकाशित गरेको थियो | यस घट्ना संगै फ्रान्समा आकस्मिक मन्त्रिपरिषद बैठक डाकिएको अन्त-राष्ट्रिय मिडिया हरुले जनाएका छन |