बच्चन परिवारमा सासु-बुहारीको खटपट / अभिषेकले किने ४१ करोडमा नयाँ घर


अभिषेक बच्चनले मुम्बईको वर्लीमा ३७ औ तलामा ४१.१४ करोड भारतीय रूपैयाँको घर किनेका छन् । अभिषेक बच्चनले जुन ठाऊमा घर लिएका छन् त्यो घर वर्लीको एनी बेसेन्ट रोडमा रहेको छ ।
 स्काईलार्क टावरमा अभिषेकले १.०६ लाख स्क्वायर फिटको हिसाबले ३ हजार ८ सय ७५ स्क्वायर फिटको घर किनेका छन् । अभिषेकले लिएको घर ५ वटा बेडरूम र २० फिटको टेरेस रहेको छ ।
केही समयअघि ऐश्वर्या राय बच्चन र जया बच्चनबीच खटपट भएको र ऐश्वर्या छुट्टिएर बस्न चाहेको खबरहरू भारतीय सञ्चारमाध्यममा आएका थिए । तर अमिताभ बच्चनले भने अभिषेकलाई नछुटिन सल्लाह दिएको खबर पनि बाहिर आएको छ तर अभिषेकलाई उक्त घर निकै नै मन परेका कारण अभिषेकले उक्त घर खरिद गरेका खबर पनि बाहिर आएको छ ।





प्रतिक्रिया दिनुहोस्...