के हो नसा च्यापिने समस्या ? यस समस्या का साबधानीका उपायहरु……..


डा. हेमराज कोइराला जीवनको कुनै न कुनै कालखण्डमा हामी सबैले पिठ्युँ दुखाइको सामना गरेकै हुनुपर्छ। अझै हाम्रोजस्तो भौगोलिक विकटता भएको मुलुकमा त ढाड सड्किने समस्याबाट अधिकांशतः पीडित हुनेगरेका छौ । अझ ढाड सडि्कने भनेपछि, गरुङ्गो भारी ऊठाउँदा ढाड झसक्क हुँदा, हल न चल भई थलापर्नुपरेको स्थितिको अनुभव वा अरू कसैलाई भएको सम्झना आउँछ होला। यसरी ढाड सडि्कँदा हुने पीडा ढाडका मांशपेसी, लिगामेन्ट र अन्य तन्तुहरूमा चोट (स्ट्रेन) पुग्न गई ‘इन्टर भट्टेब्रल डिस्क’ले स्नायु नसाहरूलाई थिची दिनाले हुने गर्छ। नसा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांसपेसी तथा नसाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो। नसा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई थाहा पाउन जरुरी हुन्छ। मेरुदण्डको बनावट

मेरुदण्ड ३३ वटा अलगअलग हड्डीहरूको दण्डाकार संरचना हो। यी हड्डीहरूलाई आपसमा ‘इन्टर भट्टेब्रल डिक्स’ भनिने लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलगअलग हड्डी तथा डिक्सहरूलाई बाँधेर एउटै लामो दण्ड बनाएर राख्छ। मेरुदण्डमा टाँसिएका मांसपेसीले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्छ। यी ढाडका हड्डीमा ‘स्पाइनल क्यानल’ नामक लम्बबद्ध प्वाल हुन्छ जसबाट ‘स्पाइनल कर्ड’ नामक मुख्य स्नायु नसा गुजि्रएको हुन्छ र हरेक हड्डीको दाया“ बाया“ स्पाइनल फोरामिन नामक प्वालहुदै स्पाइनल कर्डबाट स्पाइनल नर्भहरू (साना स्नायु नसा ) निस्किएका हुन्छन्। यी नसाहरू ढाडको स्पाइनल कर्डबाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन्। सामान्य भाषामा नसा भनेर रक्तवहाक नसालाई बुझिए झैँ यहा“ उल्लेखित नसा रक्तवहाक नसा होइनन् अपितु स्नायुप्रणालीस“ग सम्बन्धित नाडी मण्डल हुन् जस्ले शरीरका विभिन्न अंग चलाउनका साथै तातो चिसो, दुखाइ, कम्पन, स्पर्सआदि थाहा पाउन मद्दत गर्छ। ढाडको हड्डीहरूका बीचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरूलाई आपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झट्का तथा दबाबलाई नियन्त्रण गर्छ। जसरी मोटरसाइकलमा भएको स्पि्रङ (सक एर्ब्जवर)ले बाइक उफ्रिँदा, हुत्तिँदा उत्पन्न झट्कालाई चालकसम्म पुग्न नदिएर चालकलाई चोट पुग्नबाट बचाउ“छ। त्यसैगरी यी डिक्सहरूले पनि मेरुदण्डमा पर्ने झट्का तथा दबाबलाई अवशोषण गरेर ढाडलाई चोट पुर्यापउनबाट बचाउ“छ। नसा च्यापिने समस्यमा पनि यिनै डिक्स, हड्डी र नसाको अन्तर्सम्बन्ध छ। यी डिक्सहरूले आफ्नो ठा“उ छाड्दा मेरुदण्डको मुख्य नसा (स्पाइनल कर्ड) तथा कर्डबाट निस्किएका नसाहरूलाई थिचिदिन्छ। कारण तथा लक्षणहरू नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो। यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ। अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डे बाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, सुर्ती जन्य वस्तु सेवन गर्ने तथा धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरू, डाक्टर, प्रहरी, कार्यकारी अधिकृतहरू, बैंकर्सहरूजस्ता तनावग्रस्त पेसामा संलग्न पेसाकर्मी यस समस्यका जोखिममा हुन्छन्। धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य ज्यादा देखिएको छ। यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ। फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठा“उ छाडेर नसा च्याप्न पुग्छ। नसा च्यापिँदा मुख्यतः नसाको क्रिया अवरुद्ध हुन जाँदा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढ“ाड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ्क गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ। समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ। समस्या गम्भीर भए मलमूत्र विसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा पर्न गई तुरुन्त आपतकालीन व्यवस्थापन गर्नुपर्ने पनि हुन सक्छ।




प्रतिक्रिया दिनुहोस्...