संसद बहिस्कार गर्न सभाषदहरुलाई अध्यक्ष दाहालको निर्देशन संसद-बहिस्कार-गर्न-सभाषद


DAHAL
एकीकृत माओवादी संसदीय दलको बैठकले संसदीय समितिको बैठकलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई असहयोग गर्न संविधानसभाले अघि बढाएको प्रकिया र संसद्अन्तर्गतका सम्पूर्ण समितिहरुको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।  आज बसेको बैठकले प्रश्नावली प्रस्ताव निर्माण समितिमा सहभागिता नजनाउने निर्णय बैठकले गरेको छ । एकीकृत माओवादी संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठले यस्तो निर्णय गरेको हो ।
बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सभाध्यक्षले बोलाउने बैठक तथा प्रक्रियामा सहभागी नहुनका लागि सभासद्हरुलाई निर्देशन दिनुभयो । अध्यक्ष दाहालले संसदीय समितिका बैठकलाई बहिष्कार  गरेर जिल्ला तथा क्षेत्रमा जान सभाषदहरुलाई निर्देशन दिनुभयो ।
संसद-बहिस्कार-गर्न-सभाषद




प्रतिक्रिया दिनुहोस्...