जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन
लोचना शर्मा, काठमाडौँ । “मलाई आफ्नै जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन, अनि मैले विष सेवन गरेर आफ्नो जीवन समाप्त गर्न खोजेको थिएँ। तर, विषले पनि मलाई साथ दिएन, म अभागी बाँचे, त्यो पापीसँग पैसा छ, पावर छ ।” आफ्नै बाबु र हजुरबाबुबाट पटक पटक बलात्कृत भएकी एक छोरीेले बोलेका वाक्यांश हुन् यी । यो वाक्यांशले आंग सिरिंग नहुने कोही पनि छैन होला । उनी बावु र हजुरवाबुको स्वास्नी हुनुभन्दा आफ्नो जीवन समाप्त गर्न चाहन्थिन् । जीवनलाई समाप्त गर्न विष सेवन गरी छट्पटाइरहेकी थिइन् । गस्तीमा गएको प्रहरीले भेटेर उनलाई समयमा अस्पताल पुरयायो र उनी बाँचिन् ।
१० दिनको अस्पताल बसाइपछि प्रहरीले नै डिस्चार्ज गरी उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पुरयाएको थियो । प्रहरीको बयानमा उनले सो कुरा बताएकी हुन् । उनीहरुले पिट्दापिट्दा म बेहोस हुन्थेँ, होशमा आउँदा घरमा कोही हुँदैनथ्यो तर त्यो राक्षसी बाउ भनौँदो ममाथि चढिरहेको हुन्थ्यो । मैले अन्यायमा परेँ भन्दा उल्टै मलाई धम्काएर, तर्साएर, पिटेर मेरो कुरा सुनिदिने कोही भएन । उनलेरुँदै भनेकी थिइन्– ‘सर आफ्नै जन्मदाता र संरक्षकबाट ममाथि भएको यो शोषणबारे सबैभन्दा पहिले मैले हिम्मत गरेर आफ्नी आमालाई सुनाएकी थिएँ । मेरी आमा पहिले त रोएकी थिइन्, तँमाथि भएको यो अत्याचारविरुद्ध म बोल्छु, प्रहरी चौकीमा गएर उजुरी गरौँला भनेकी थिइन् तर बाउ र हजुरबाउले के भनी धम्काए वा फकाए, उनले मलाई साथ दिइनन् ।
त्यसपछि मैले यो कुरा मामा, माइजु र फुपुदिदीलाई भने, उहाँहरुले हाम्रो परिवारको इज्जत जान्छ। समाजले बाउलाई डाँडो कटाउँछ। उसले डाँडो काट्नुपर्योे भने तिमी, भाइबहिनी र ममीको बिजोग हुन्छ, तसर्थ यो हाम्रो घरभित्रको कुरा हो, बाहिर आउन दिन हुँदैन, बरु तिमीले जे भन्यो, हामी त्यही गरिदिन्छौ भनी थामथुम लगाए। मैले उहाँहरुबाट साथ पाउने कत्रो आशाले सबै कुरा भनेकी थिएँ तर साथ पाउनुको साट्टो मलाई यातना दिइयो, कति पिटियो, यो टाउकोमा कति ठोकियो, त्यसको लेखाजोखा नै छैन। मेरो जाने ठाउँ पनि कहिँ थिएन। मलाई आफ्नै जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन, तसर्थ मैले विष सेवन गरेर आफ्नो जीवन समाप्त गर्न खोजेको थिएँ ।
तर, विषले पनि मलाई साथ दिएन, म अभागी बाँचे, त्यो पापीसँग पैसा छ, पावर छ । मसँग के छ र ? को छ र ? सर कि मलाई हजुरले बोकेको बन्दुकले ठोकेर मारिदिनुस् कि त वापतीलाई मेरो आँखा अगाडि झुण्ड्याइदिनुस् ।’ घरबाहिरको मानिसबाट बलात्कृत हुँदा त आफन्तले रक्षा गर्ला तर यस्ता बाबु हजुरबाबु नै बलात्कारी भएपछि यी चेलीले कहाँ जाने होला । यहाँ प्रश्न मजाले नै तेर्सिएको छ । सरकारले पीडितका लागि खोलेका सेफ हाउसको संख्या जम्मा १७ वटा भन्दा बढी छैनन् । भएकामा पनि जम्मा ३० दिनभन्दा बढी बस्न पाइन्न भने यस्तो पीडा भोग्ने छोरीहरुले बिष सेवन नगरेर के गर्न सक्छन् भनेर सरकारलाई प्रश्न गर्दा अत्युक्ति नहोला । छोरीहरु यसरी बाबुबाट नै बलात्कृत हुन्छन् भने अरुबाट के सुरक्षित होलान् । सहजै अनुमान लगाउन सकिन्छ र भएको पनि त्यस्तै छ । ओरेक नेपालले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७०। ०७१ म ९ सय १२ जना महिला र बालिका बलात्कृत भएका थिए भने ४सय १४ जनालाई बलात्कारको प्रयास भएको थियो । यसरी बलात्कृत हुनेहरुमा ७५ वर्षीया बृद्धादेखि ५ वर्षीया बालिकासम्म छन् ।
रौतहटको पौराइ गाविसमा एक नरपिशाचले पाँच वर्षकी बालिका पनि भनेन । उनको चिच्याहटमा रामाइ रमाई बलात्कार गरेर रगतपक्ष बनाएर भाग्यो । ती ५ बर्षीया बालिकाका नीम्ति पौष ७ गते सोमबार जीवनकै कहाली लाग्दो दिन बन्यो । चन्द्रनिगाहपुरको १७ वर्षीय सहनीले उनकी ७ वर्षीया दिदीलाई पैसा दिएर चक्लेट किन्न पठायो । घरमा बा आमा थिएनन् । त्यही मौकामा उसले त्यो कुकृत्य गरेर भाग्यो । यो घटना सुन्दा र पढ्दा जीव्रो नटोक्ने को होला र रु दिदी चक्लेट लिएर आइपुग्दा चक्लेट किन्न पठाउने दाइ त छैन । उनले रोइरहेकी बहिनीलार्ई नांगै अनि रगताम्य भएको देखेपछि आफन्तलाई खबर गरिन् ।
गाउँलेहरुको सहयोगमा उसलाई समातेर प्रहरीको जिम्मा लगाए । त्यस्तै शिन्धुपाल्चोकमा ४५ वर्षीय रमेश तामांगले १४ वर्षीया बालिकालाई आफ्नै घरमा बोलाएर गत पौष सात गते सोमबार बलात्कार गरयो भने सिरहामा पनि सोही ७ गते सोमबारकै दिन अर्की १४ वर्षीया बालिकालाई खेतमा काम गर्न गएको बेला गोलबजार नपाका प्रदीप यादवले बलात्कार गरेको घटना सार्वजनिका भएको छ । धेरैजसो बालिकाहरु चिनेजानेको वा नजिकको नातेदारबाट बलात्कृत भइरहेका छन् । जन्मदिने बाबु होस् वा हजुरबुबा बालिकाहरु बलात्कृत हुने क्रम रोकिएको छैन । यौन हिंसाबाट पीडित महिलाको अधिकारको लागि विगत ११ वर्षदेखि काम गरिरहेको रक्षा नेपालमा हालसम्म ४ सय २३ जनालाई सेवा दिएकोमा २ सय ५३ जना बालिका छन् । अर्थात ६० प्रतिशत बालिका यौनजन्य हिंसाको शिकार भएका थिए । बालिका बलात्कारका घटनामा नातेदार र चिनेजानेका व्यक्तिको संलग्नता रहेको रक्षा नेपालले जनाएको छ । - स्रोत /हाम्रोसंदेश