२ सय बर्ष अघि मृत्यु भएको भिक्षुको शव जस्ताको त्यस्तै भेटियो ..!


मानिसको मृत्यु भएपछी आत्मा जीवित रहन्छ तर शरीर भने माटोमा बिलिन हुन्छ भन्नेमा सबैको एकै मत हुन्छ तर कहिलेकाही यस्तो अचम्म पनि हुन्छ जहाँ मृत्यु भएको धेरै समय पछि पनि शरीर जस्ताको त्यस्तै भेटिन्छ |
vikchhu
करिब दुइ सय बर्ष पहिले मृत्यु भएका एक भिक्षुको शरीर अहिले पनि उही आसनमा फेला परेपछि सबै जना अचाम्मिति भएका छन |आज भेटिदा ति भिक्षुको शरीर योग आसनमै योग गरिरहेको अवस्थामा थियो |१९ औँ सताब्दीको सुरुतिर मृत्यु भएका एक भिक्षुको शव दुरुस्त अवस्थामा मंगोलियामा फेला परेको हो ।केहि दिन अघि जनावरको छालामा बेरेर राखेको अवस्थामा उनको शव मंगोलियाको सोंगिनोखैरखान प्रान्तमा केही दिनअघि फेला परेको थियो ।
राजधानी उलानबटारमा लगि उक्त शवको विस्तृत परीक्षण तथा अनुसन्धान सुरु भएको बताइएको छ ।विधिविज्ञहरुले उक्त शव कम्तिमा पनि २ सय वर्ष पुरानो रहेको अनुमान गरेका छन् । त्यो शव कुन व्यक्तिको हो भन्ने कुरा खुलेको छैन ।थाइल्याण्डको कोह सामुइमा सन् १९७३ मा मृत्यु भएका एकजना भिक्षुको चस्मा लगाएको संरक्षित शव हाल पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
मंगोलियामा २ सय वर्ष पुरानो भिक्षुको शव फेला परेपछि त्यो झनै ठूलो आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।भिक्षुको उक्त शबलाई सुरक्षित र संरक्षण गरेर राखिने छ |यस्तो घटना संसारमा बिरलै हुने गर्दछन |





प्रतिक्रिया दिनुहोस्...