बाबुले बलात्कार गरेपछि कक्षा ५ मा पढ्ने बालिका गर्भवती
उदयपुरको पूर्वी क्षेत्रमा आफ्नै बाबुको बलात्कारबाट एक १४ वर्षकी बालिका (पीडितको परिचय खुल्ने भएकाले दुवैका नाम ठेगाना नलेखिएको) गर्भवती भएकी छन् ।
३५ वर्षका बाबुले पटक–पटक बलात्कार गरेको र अहिले बालिका ७ महिनाकी गर्भवती भएको पाइएको छ ।पीडित बालिकाको सहमतिमा स्थानीयको मौखिक उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलटारले आरोपितलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिल्लिबहादुर चौहानले बताउनुभयो ।
बाबुले पछिल्लो पटक पुस १५ गते आमा माइत गएको बेलामा घरमै धाकधम्की दिई बलात्कार गरेको पीडितले बताएकी छिन् । ज्यान मार्ने धम्की दिँदै बाबुले पटक पटक बलात्कार गरेपनि बालिकाले डरले कसैलाई भनेकी थिईनन् ।
गाउँकै विद्यालयमा कक्षा ५ मा पढ्ने बालिका अचानक बिरामी परेपछि साथीहरुले सोधखोज गर्दा बालिकाले बलात्कार बारे बताएकी हुन् । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराउँदा ७ महिनाको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ ।source:tajakhabar