काठमाडौं, पुस : चर्चीत डन दिनेश अधिकारी ‘चरि’ प्रहरी इन्काउन्टरमा मारिएपछि नेपाली मिडियामा खुश्वु ओली एकाएक चर्चित बनिन् । तीनै ओलीले नक्कली सर्टिफीकेटको आधारमा बेलायतमा अध्ययन गरेको खुलाशा भएको छ । उनले पाटन क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरि बेलायतमा अध्ययन गरेको पाइएको हो । खुश्बुले पेस गरेको प्रमाणपत्र पाटन क्याम्पसबाट जारि भएको जनाइएको छ । तर पाटन क्याम्पससंग बुझ्दा खुश्वु सो क्यापसका विद्यार्थी नभएको पाइएको हो । क्याम्पस प्रशासनका अनुसार उनले पेस गरेको क्याम्पस सम्बद्ध प्रमाण पत्र नक्कली हो । पाटन क्याम्पसबाट जारी भएका खुश्बुका नक्कली प्रमाणपत्रका आधारमा पाटन क्याम्पसको प्रशासनमा गएर खुश्बुको प्रमाणपत्रमा रहेको रोल्नं. चेक गर्दा अर्कैको नाममा सो कागजपत्र रहेको भेटिएको छ । खुश्बुको पाटन क्याम्पसको आधारमा २५९–०६४ (बीबीएस) रोल नम्बरको प्रमाणपत्र रहेको छ, तर यो रोल नम्बर बेली थापाको हो । उनले राजधानीमै नक्कली प्रमाण पत्र बनाएको सोहि प्रमाण पत्रबाट पुष्टि हुन्छ । पाटन क्याम्पसका क्याम्पस प्रमुख अमन श्रेष्ठका अनुसार बेली थापाको नाममा रहेको सो प्रमाणपत्रमा बाबुको नाम रामभगत थापा, ठेगाना बागमति अञ्चल ललितपुर जिल्ला र जन्ममिति २०४२–११–०८ रहेको पाइएको छ । तर खुश्बु ओलीको बाबुको नाम श्यामसुन्दर थापा र जन्ममिति २०४७–०५–३० गते राखिएको पाइएको छ । खुश्बुको माइगेरेसन सर्टिफिकेटमा रजिष्ट्रेसन नम्बर समेत चेक गर्दा झुटो पाइएको छ । उनको माइगेरेसन सर्टिफिकेटमा रजिष्ट्रेसन नम्बर ७–२–८७–२४८–२००७ रहेको छ भने बेली थापाको ७–२–२२–०६५५–२००७ रहेको पाइएको छ । खुश्बुले पाटन क्याम्पसको नामबाट प्राप्त गरेकी प्रमाणपत्रमा क्याम्पस प्रमुख दिनेश मलेगुको हस्ताक्षर छ । तर, मलेगु अहिलेसम्म पाटन क्याम्पसको चिफ भएको छैनन् सहायक चिफ मात्र भएको पाटन क्याम्पस प्रमुखले बताए । त्यस्तो हस्ताक्षर मलेगुको नभएको पनि श्रेष्ठ बताउँछन् । त्यस्तै परिक्षा इन्चार्जको पनि हस्ताक्षर नभएको र सर्टिफिकेट बनाउने व्यक्ति थाहा नभएको समेत क्याम्पस प्रमुख श्रेष्ठ बताउछन् । खुश्बुले जेभियर स्कुलमा कक्षा १२ उत्तिर्ण नसकेपछि नक्कली प्रमाण पत्रको आधारमा पुतलीसडक स्थित एन आई इ सी कन्सलटेन्सी मार्फत लन्डन हानिएकी थिइन् । खुश्बु ओलीको यस्तो छ नक्कली कागजपत्र !
खुश्वु ओलीको प्रमाणपत्र नक्कली (फोटोसहित)