च्याँपिएका सुवास नेम्बाङले यस्तो भने (विज्ञप्ति सहित)


संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ बुधबार राति सत्तापक्षको बालुवाटार बैठकमा उपस्थित भएको भन्दै आलोचना भएपछि संविधासभा सचिवालयले एक स्पष्टीकरण विज्ञप्ति प्रकाशित गरेर उक्त समाचारको खण्डन गरेको छ । सभाध्यक्ष सुवास नेम्बाङलाई प्रक्रिया जसरी पनि शुरु गर्न सत्तारुढ दलको दवाव छ भने कुनै पनि हालतमा नियमावली अनुसार अघि बढ्न सहमति नै गर्नु पर्ने विपक्षी मोर्चाको दवाव छ । उनी यही दुई पक्षीय दवावका कारण तनावमा छन् ।

सभामुख सत्ता पक्षको बैठकमा उपस्थित भएको हल्ला निराधार रहेको दावी गर्दै विज्ञप्तिमा हल्ला निराधार र भ्रमपूर्ण रहेको स्पष्टीकरण दिएको छ ।

हेर्नुस् विज्ञप्ति जस्ताको तस्तैः
यसैबीच संविधासभाको बैठक शुरु हुनासाथ विपक्षी सभाषदले नारावाजी शुरु गरेका छन् । विपक्षीको नारावाजीपछि आजको बैठक पनि अवरुद्ध हुने निश्चित देखिएको छ ।  मिडिया सेन्टरमा भने भित्रको कुनै पनि अडियो र भिडियो सुन्न र हेर्न नपाइने गरी काटिएको हेडलाइन्स सहकर्मीले जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्...