क्रिकेट खेलाडीलाई ३५ देखि ५ हजारसम्म मासिक तलब


दक्षिण अफ्रिकाको टुंगो अझै लागेन जनवरी १७ देखि अफ्रिकी मुलुक नामिबियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा सहभागी हुने नेपाली क्रिकेट टोलीको अभ्यास म्यान दक्षिण अफ्रिकामा तय भए पनि भिसाका कारण अझै निश्चित हुन सकेको छैन ।

आईसीसीले हाई परमरर्मेन्स अन्तर्गत दक्षिण अफ्रिकामा चारवटा अभ्यास खेलको बन्दोबस्त गरी सोही अनुसार टिटक पठाए पनि भिसा भने अझै हात परेको छैन । नेपाली खेलाडीका लागि श्रीलंकामा रहेको दक्षिण अफ्रिकी दूताबासबाट भिसा लिनुपर्छ । क्यानका एक अधिकारी यतिबेला श्रीलंकामा छन् । उता नेपाल क्रिकेट संघ क्यानले सबै प्रक्रिया पूरा गरी बुधबारसम्म क्रिकेट टोली दुई समूह गरी दक्षिण अफ्रिका जाने दवी गरेको छ । डिजिन एक मा पुग्ने र विश्वस्तरीय अन्य प्रतियोगितामा सहभागिता जनाउन पाउने महत्वपूर्ण ढोकाको रुपमा रहेको डिभिजन २ मा उपविजेता मात्र बने पनि नेपाली क्रिकेटले नयाँ उचाइ र फड्को मार्नेछ । यसबीचमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक तलब दिने भएको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहमा खेलाडीलाई वर्गीकरण गरी एक वर्षसम्मका लागि मासिक तलब दिने निर्णय गरेको क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले जानकारी दिनुभयो । उहाँले समूह ‘ए’ मा पर्ने खेलाडीले रु ३५ हजार, ‘बी’ मा रु २५ हजार, ‘सी’ मा रु १५ हजार र ‘डी’ समूह पर्ने खेलाडीलाई रु पाँच हजार दिने निर्णय भएको बताउनुभयो । महासचिव कर्मचार्यले नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको मद्धतमा खेलाडीलाई विभिन्न समूहमा वर्गीकरण गरेको बताउँदै समूह ‘डी’ मा पर्ने खेलाडीको नामावली भने निश्चित भइनसकेको उल्लेख गर्नु भयो । नेपाली टोलीका १८ जना खेलाडी भने वर्गीकरणमा परिसकेका छन् । समूह ‘ए’ मा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल, शक्ति गौचन र शरद भेषवाकर रहेका छन् । त्यस्तै समूह ‘बी’ मा सागर पुनः, सोमपाल कामी, विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई, मेहबुब आलम र भुवन कार्की छन् भने समूह ‘सी’ मा अरिफ शेख, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा, प्रदिप ऐरी र अनिल मण्डल छन् । यसैगरी राजेश पुलामी, पृथु बाँस्कोटा, करण केसी र रामनरेश गिरी भने समूह ‘डी’ मा पर्न सक्ने सम्भावना रहेको क्यानले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...