गोलभेडा प्रयोगले छालालाई फाइदै फाइदा
गोलभेडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यसले तपाईंको कपालमा कन्डिसनरको काम गरि कपाललाई चम्किलो र नरम बनाउन सहयोग गर्दछ ।
गोलभेडाले तपाईंको छालाको रङलाई सफा गर्दछः गोलभेडा स्वास्थको दृष्टिकोणले निकै राम्रो मानिन्छ र जसलाई छालामा पनि प्रयोग गर्न सकिन्छ । यो साँचो हो, यदि तपाईं दैनिक रुपमा गोलभेडाको जुस पिउनुहुन्छ र गोलभेडालाई आफ्नो छालामा रगड्नुहुन्छ भने यसले तपाईंको छालालाई केहि दिनमा नै निखार ल्याउन मद्दत गर्दछ । यो भिटमिन सी को राम्रो स्रोत भएकाले यसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ। छालाको समस्यालाई टाढा राख्दछः गोलभेडाको बिउको तेलले छालाको अधिकांस समस्याहरुलाई टाढा भगाउन मद्दत गर्दछ । गोलभेडामा भएको तत्वले बढ्दो उमेरको असरलाई कम गर्ने गर्दछ भने यसले फ्रि रेडिकल्ससँग पनि लड्न सहयोग गर्दछ । गोलभेडाको तेलले सोरायसिस र एक्जिमालाई कम गर्ने गर्दछ । पोलेको छालालाई पनि राहत प्रदान गर्दछः यदि तातो वस्तु अथवा आगोले छालालाई पोलेको खण्डमा गोलभेडाको रसले राहत प्रदान गर्दछ । कपालको चाँया कम गर्दछः चिसो मौसममा धेरैजसो मानिसहरुको कपालमा चाँयाको समस्या हुने गर्दछ । गोलभेडाले यसलाई हटाउनको लागि मद्दत गर्दछ । यसका लागि तपाईंले गोलेभेडाको गुदीलाई आफ्नो टाउकोमा रगड्नुपर्ने हुन्छ त्यसपछि असर तपाईं आफैँले देख्नुहुन्छ । राम्रो परिणामका लागि यसलाई हप्तामा दुईपटक लगाउनुहोस् । गोलभेडाको रसलाई महमा मिसाएर लगाउँदा छाला नरम हुन्छ: यदि आफ्नो छालालाई नरम बनाउन चाहनुहुन्छ भने गोलभेडाको रसलाई महमा मिसाएर यसको पेष्ट बनाउनुहोस् । उक्त पेष्टलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटसम्म राख्नुहोस् । सफा पानीले धोएपछि तपाईंको छाला निश्चित रुपमा नरम र चम्किलो हुने गर्दछ । (एजेन्सी)