मलेसियाको पहिरोमा पुरिएर दुई नेपालीको ज्यान गयो


मलेसिया : मलेसियाको क्यामरुङ्ग आइल्याण्डमा पहिरोमा परी पाँच दिनदेखि बेपत्ता २ नेपालीको शव भेटिएको छ  ।

पहिरोमा बेपत्ता धनकुटाको खोकुका धनकुमार राई र धनकुटाकै मुढेवासका कर्णध्वज लिम्बूको शव सोमबार दिउँसो पहिरोबाट निकालिएको हो ।

क्यामारुङ्ग आइल्याण्डको खोलेसागमा सब्जी खेतीमा काम गर्दै आएका उनीहरु गत डिसेम्वर ३१ मा झरेको पहिरोमा परी बेपत्ता भएका थिए । लिम्बूका आफन्त दिलु लावतीले दिएको जानकारी अनुसार उनीहरुको शव हाल गोमासुङ्ग अस्पताल लगिएको छ ।
सोमबार दिउँसो यहाँको स्थानीय प्रहरी र उद्धार समितिको प्रयासमा पहिरोबाट उनीहरुको शव निकालिएको हो । कामबाट फर्कने क्रममा उनीहरुलाई पहिरोले पुरेको थियो । सो घटनामा अन्य केही स्थानीय भने बाँच्न सफल भएको लिम्बूले जानकारी दिए ।
राई एक वर्षअघि मात्र रोजगारीका लागि मलेसिया आएका थिए । लिम्बू भने विवाहका लागि अर्काे महिना नेपाल फर्र्कने तयारीमा रहेका थिए । क्यामरुङ्ग आइल्याण्डमा कृषि काममा नेपाली आउने गरेका छन् ।source:a2zkhabar




प्रतिक्रिया दिनुहोस्...