QZ ८५०१ विमानको पखेटा सँगै थप आठ यात्रुको शव फेला


नेपाल जापान डट कम सम्बाददाता- करिब दुई साता अगाडी दुर्घटनाग्रस्त एयर एसियाको फ्लाइट QZ ८५०१ नम्बरको विमानको अथक खोजि कार्य पश्चात हाल उद्धारकर्ताहरुले यसको पखेटाका साथै ४८ यात्रुको शव फेला परेका छन् |

शनिवार प्राप्त एक रिपोर्टका अनुसार आज सम्म गरि थप आठ जनाको शव फेला परेपछि शव फेला पर्ने यात्रुको संख्या ४८ पुगेको हो | बिबिसी र सीएनएनका अनुसार ति शवहरु पनि अन्य शवहरु फेला परेको स्थान बेलिताङ टापुदेखि केही पर फेला परेका हुन् | जाभा समुद्रको बुर्निओ टापुमा तैरिएको अवस्थामा विमानका टुक्रा भेटिन थालेपछि खोजिकार्यलाई तिव्र बनाइएको थियो | आज प्रस्तुत गरिएको एक रिपोर्टका अनुसार फेला परेका शवहरु सुन्निएको अवस्थामा रहेका छन् | रिपोर्टमा फेला पर्न बाकी रहेका शवलाई समुन्द्रमा पाइने माछाले खाएको वा समुन्द्रको पिदमा अढकिएको हुन सक्ने बताइएको छ |
रिपोर्टका अनुसार विमानको ब्ल्याक बक्स पनि अब केहि दिनमा फेला पर्न सक्ने अनुमान गरिएको छ |




प्रतिक्रिया दिनुहोस्...