आजको राशीफल !!2015-02-05 तारिख, २०७१ साल फाल्गुण कृष्ण पक्ष द्वितीया तिथि, माघ २२ गते बिहिवार


आज मिति 2015-02-05 तारिख, २०७१ साल फाल्गुण कृष्ण पक्ष द्वितीया तिथि, माघ २२ गते बिहिवार अनुसार तपाईंको राशी यस प्रकार छ

मेष (चू चे चो ला ली लु ले लो अ)

कर्मबल उच्च रहने छ । चिताएको कुरा पुरा हुनेछ । मानसिक उच्चताको कारण केही नयाँ गर्ने सोच पुरा हुनेछ । मित्रजन तपार्इको इच्छाअनुसार काम गर्न तयार हुने छन् । आर्थिक पक्ष सकारात्मक रहने देखिएको छ । यात्रा सफल हुनेछ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

आरोह अवरोहका बीच गरिने कामले सार्थक परिणाम दिनेछ । टाढिएकाहरु नजिकिने छन् । भनाइ र गराइमा तारतम्यता मिल्ने छ । लक्षित कार्यमा सबैको सहयोग पाइने छ । नयाँ कार्यको शुभारम्भ हुनेछ । विवादित भूमिको कारोवार टुङ्गिने छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

समय सार्थक परिणाम दिनेवाला रहेको छ । ब्यापार सहज भएर आउने छ । मित्रको सहयोगले काममा उत्साह जाग्ने छ । आफ्नो व्यवहारले अरुलाई प्रभावित बनाउने छ । आत्मियजनसँग मिलन हुनेछ । अपरिचितको सहयोग पाइने छ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

समय असाध्यै प्रतिकूल देखिएको छ । खासगरी आर्थिक लेनदेनको मामालामा आफू तल परिएला । मित्रबाट अनावश्यक आक्षेप आउन सक्ने छन् । विवादित कुरामा अघि नबढेको बेस होला । तार्किक स्तर अझ कमजोर भएर आउने देखिएको छ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

सामाजिक सम्मान मिल्ने छ । आत्मशक्तिले कठिन भन्दा कठिन काम गर्ने साहस जुटाइने छ । धेरै हदसम्म कार्य क्षेत्रमा सफल भइने छ । आफ्ना कमि कमजोरीलार्इ सुधार्दै उच्च लक्ष हासिल गर्न सफल भइने छ । रमाइलोमा खर्च हुनेछ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

शैक्षिक कार्यमा लगानीको समय रहेको छ । कला कौशलाताले समाजमा आफ्नो स्थान उच्च राख्न मद्धत गर्नेछ । आर्थिक भन्दा वैचारिक स्थितिलार्इ मजबुत राखिने छ । तपार्इलाई लागेका आक्षेपलाई चिर्न सफल भइने छ । लामो दुरीको यात्रा तय गरिने छ ।

 
तुला (र री रु रे रो ता ती तू ते)
सुखसम्बृद्धिका लागि काम गरिने छ । पारिवारिक जिम्मेवारी वहन गर्ने मौका छ । सभा सम्मेलनमा तपार्इंको उपस्तिथि हुने देखिएको छ । स्वास्थ्य अनुकूल हुँदा कार्य क्षेत्रमा अघि बढ्न सहज हुनेछ । घरमा नयाँ कार्यको शुभारम्भ हुनेछ ।

 
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
पढाइ लेखाइमा ध्यान जानेछ । मेसिनरी बस्तुको प्रयोगबाट राम्रो आम्दानी हुनेछ । सन्तान सन्ततीबाट राम्रो समाचार सुन्न पाइने छ । बिग्रेका काम सम्पन्न हुने छन् । उच्च सरकारी काम बन्ने देखिएको छ । न्यायिक कार्यमा सफल भइने छ ।

 
धनु (य यो भा भी भू ध फा ढ भे)
गलत व्यक्तिको सङ्गतले आफ्नो स्थिति कमजोर हुने योग छ । स्वास्थ्य प्रतिकूल रहँदा लक्षित कार्य अधुरै रहला । अरुलाई गरेको सहयोगको जस हैन अपजस पाइने छ । सबैतिरबाट प्रतिकूलता आउनाले काम गर्ने जाँगर मरेर आउने छ ।

 
मकर (जो जा जी खी खू खे खो गा गी)
प्रेममा असफलता आउने तथा पारिवारिक सम्बन्धमा खटासता आउने देखिएको छ । मानसिक अशान्ति हुने या आत्मबल कमजोर रहने योग रहेको छ । दिनको अन्त्यबाट भने व्यापारमा लाभ हुने, मित्रबाट सहयोग पाइने छ । कर्मक्षेत्र उच्चो हुनेछ ।

 
कुम्भ (गू गे गो सा सी सु से सो द)
लक्षित कार्यमा वाधा आउने छ । स्वास्थ्य प्रतिकूल रहला । प्राकृतिक विपदाको समेत सामना गर्नु पर्नेछ । विदेशको बास हुनेछ । मित्रहरु तपार्इंको कामबाट निराश हुने छन् । पारिवारिक किचलोले चिन्ता मात्र दिनेछ ।

 
मीन (दि दू थ भ ञ दे दो चा ची)
उच्च मनोवालले काम गरिने छ । नोकरीमा पदोन्नतिको योग छ । सरकारी काम बन्ने छ । राजनैतिक कार्यमा पनि उत्तिकै सफल भइएला । न्यायमा आफ्नो राम्रो पकड हुनेछ । केही गल्तीलार्इ सच्याएमा ठुलो पदवी मिल्न सक्ने छ । समग्रमा दिन शुभ रहेको छ ।

पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।




प्रतिक्रिया दिनुहोस्...