वानेश्वरमा महिलाको झोलाबाट १८ लाख रुपैयाँ लुटपाट


माघ २१, काठमाडौं । 

राजधानीको बानेश्वरमा एक महिलाको साथबाट आज १८ लाख रुपैयाँ लुटपाट भएको छ । बानेश्वरको ह्वाइटहाउस कलेज नजिकै रहेको ग्लोवल आइएमइ बैंकबाट रकम निकालेर सवारी साधन चढ्ने क्रममा कलंकीकी सरस्वती आचार्यको १८ लाख लुटपाट भएको महानगरीय आयुक्त प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले जानकारी दिनुभयो ।
सवारी साधन चढ्ने क्रममा २ जनाले आचार्यको झोलाबाट रकम तानेर भागेको खड्काले बताउनुभयो । रकम लुटपाटपछि बानेश्वर आसपास क्षेत्रमा सुरक्षा जाँच कडा पारिएको छ । एक दर्जनभन्दा बढी शंकास्पद ब्यक्तिलाई बानेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ ।






प्रतिक्रिया दिनुहोस्...