ग्यास पाउनुभएन ? ०१ ४१००००७ मा फोन गर्नुस सरकारलाई


मघ १७, काठमाडौ । प्रर्याप्त ग्यास दिदाँ समेत कालोवजारी नगरोकिएपछि आयल निगमले आजदेखी उपभोक्ताको गुनासोलाई तत्काल सम्वोधन गर्न भन्दै कन्ट्रोल रुमको स्थापना गरेको छ । व्यापारीबाट हुन सक्ने कालोबजारी नियन्त्रणका लागी निगमले कन्ट्रोल रुपमा आउने गुनासोलाई आधार मानेर तत्काल कारवाही गर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । निगमले राजधानीमा तोकेका स्थानबाट हुन लागेको ग्यासको बिक्रिमा कुनै अनियमितता भए तत्काल निगमको कन्ट्रोल रुमको नम्वर ४—१—०—०—०—०—७ मा फोन गरेर जानकारी दिन आग्रह गरेको छ । खाना पकाउने एल.पि. ग्याँसको आपूर्ति सहज बनाउन भन्दै निगमले यसअघि जारी गरेको तालिका अनुसार आज पनि उपत्यकाको बिभिन्न स्थानबाट ग्याँस बिक्रि गरिदैछ । निगमले आज पुरानो वानेश्वर, सिनामंगल, गौशाला, चावहिल, बौद्ध, चुच्चेपाटी, कपन, सांखु, सुन्दरीजल, र नयांवस्तीमा ग्यास बितरण गर्न लागेको हो । निगमले तत्कालका लागी सो स्थानमा घरधुरीको अनुमानित खपतलाई आधार मानेर झण्डै २० हजार सिडिण्डर बिक्री गर्न लागेको जनाएको छ । प्रवक्ता घिमिरेका अनुसार ग्यास बिक्रि गर्ने क्रममा डिलरले कुनै पनि प्रकारको अनिमितता गरेको भेटिए कन्ट्रोल रुपमा फोन गरेर जानकारी दिन आग्रह गरेको छ । कसैले ग्यासको कालोबजारी गरे तत्काल प्रहरी र निगमसहितको संयुक्त टोलीले कालोबजारी ऐन अन्र्तगत सम्वन्धित व्यक्तिलाई कारवाही प्रक्रिया अघि बढाउने सरकारी अधिकारीहरुले बताएका छन् ।
निगमले आगामी २७ गतेसम्म राजधानीका विभिन्न स्थानबाट हुने ग्यासको बिक्रिमा अनियमितता नहोस भनेर कन्ट्रोल रुमको स्थापना गरको जनाएको छ । निगमले औषत भन्दा बढी परिमाणमा आयात भइरहेको र केही दिनमा पर्याप्त मात्रामा ग्यास पाइने भन्दै अभावको हल्लामा अनावश्यक रुपमा सञ्चिती नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्...