‘संविधान बनाई गरिबी र बेरोजगारी अन्त्य गरौं’


फोटो :फाइल फोटो
काठमाडौं : प्रधानमन्त्री सुशीले कोइरालाले संविधान जारी गरी देशबाट गरिबी र बेरोजागरी अन्त्य गरिनुपर्ने बताएका छन् । 
 
६५ औं प्रजातन्त्र दिवसका अवसरमा बिहीबार काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विगतका उपलब्धीलाई संस्थागत गर्न संविधान जारी गर्नुपर्ने बताएका हुन् । 

नयाँ संविधान सबै जातजाति, लिङ्ग र वर्गको अधिकार ग्यारेन्टी गरिनुपर्ने बताउँदै प्रम कोइरालाले राष्ट्रले दिएको ऐतिहासिक दायित्व पूरा गर्न एकजुट हुन पनि आग्रह गरे । 
संविधासभाको विजारोपण २००७ सालमै भएको हो । ००७ सालमा रोपिएको संविधानसभाबाट अब संविधान दिनुपर्छ’, प्रम कोइरालाले भने, ‘राष्ट्रले दिएको ऐतिहासिक जिम्मेवारी पूरा गर्न आग्रह–पूर्वाग्रह त्यागेर एकजुट होऔं ।’
 
प्रम कोइरालाले लोकतान्त्रिक संविधान निर्माणको प्रक्रियालाई अघि बढाई देशबाट गरिबी र बेरोजगारी अन्त्य गरी देशलाई उन्नतिको बाटोमा लानुपर्नेमा समेत जोड दिए । 
 
‘संविधान नबनाएसम्म देशमा दिगो शान्ति नभएसम्म गरिबी र बेरोजगार अन्त्य गर्न सकिँदैन’, प्रम कोइरालाले भने, ‘लोकतान्त्रिक शासन पद्धतिमा देशलाई अघि बढाउन सबैको अधिकार समेटिएको संविधान ल्याउन सबैको साझा प्रयत्न जरुरी 
छ ।’ 

प्रजातन्त्र दिवस मूल समारोहमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ उपस्थित थिए । त्यसैगरी मन्त्रीहरु, सभासद्, सुरक्षा निकायका प्रमुखहरु र नेपालस्थित विदेशी कुटनीतिक निकायका प्रतिनिधि समेत समारोहमा उपस्थित थिए । 






प्रतिक्रिया दिनुहोस्...