'हिमानीले जेलमा पारसलाई भेट्दा भक्कानिएर किन रोइन ?


'बुधबार, 6 फागुन,
छेवैमा थिइन् स्वकीय सचिव स्मिता सिंह । बायाँपट्टि धीरेन्द्रपुत्री सिताष्मा । र, पछाडिपट्टि फाइल बोकिएर उभिएका स्थानीय वकिल साक्छाई । वरिपरि तैनाथ थिए जेलका प्रहरी ।
‘सञ्चै होइसिन्छ नि ?’ गहभरि आँसु पार्दै सोधिन् हिमानीले पूर्व युवराज पारस शाहलाई । लागूऔषध कारोबार सेवन गरेको अभियोगमा थाइल्याण्ड उदुकखानी जेलमा सजाय भोगिरहेका पति पारसलाई भेट्न पुगेकी हिमानीसँग पारस बोल्न सकेनन् । मात्र हेरिरहे । सिताष्मा भक्कानियर रुन थालिन् । सिताष्मालाई अंगालेर नियन्त्रण गर्न खोजिन् स्मिताले । केही क्षणको सन्नाटालाई चिर्दै पारसले मलिन स्वरमा सोधे, 'बुबा–मामुलाई कस्तो छ ?'

छोरी पूर्णिका, कृतिका र छोरा हृदयेन्द्रबारे पनि सञ्चो–विसञ्चो र पढाइका विषयमा सोधे । करिब आधा घण्टाको भेटमा पारसको सबै जिज्ञाशा मेटिन् हिमानीले । एक सहयोगीले जनाएअनुसार हिजो मंगलबार उदुकखानी जेलमा पारस र हिमानीबीच भेट भइरहँदा स्थानीय मिडिया र शुभचिन्तकको भिड लागेको थियो । पारसका स्थानीय वकिल साक्छाईलाई भेला भएकाहरुले पारसबारे कहिले छुट्छन् भनी सोधेर हैरान पारेका थिए । हिमानी भने कसैसँग नबोली हिडेकी थिइन् ।


पारसलाई भेट्न ६ दिनअघि थाइल्याण्ड उडेकी थिइन् हिमानी । थाइल्याण्ड उड्ने क्रममा अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै गर्दा मलिन मुद्रामा थिइन् । सुरक्षाकर्मीको स्कर्टिङमा विमानस्थल पुगेकी उनले वरेञ्ज कलरको रातो बुट्टा भएको सारी र ब्लाउज लगाएकी थिइन् । र सुन्तला कलरकै कार चढेर विमानस्थल पुगेकी थिइन्, जो हिमानीको मन पर्ने कलर हो ।

निर्मल निवास स्रोतका अनुसार पारसलाई भेट्न थाइल्याण्ड जान ससुरा ज्ञानेन्द्र र सासु कोमललाई मनाउन हिमानीले ठूलै कसरत गर्नु परेको थियो । भ्यालेन्टाइन डेकै दिनमा भेट्ने योजना हुँदा पनि कानुनी अवरोधका कारण हिजो (मंगलबार) मात्र उनीहरुको भेटघाट सम्भव भयो ।
पारस–हिमानीको भेटले नयाँ तरंग उत्पन्न गराएको छ ।

उनीहरुबीचको सम्बन्धलाई लिएर गरेका विभिन्न नकारात्मक टिप्पणीको पनि यो भेटले खण्डन गरेको छ । थाइल्याण्डमा पारस त्यहीकी गल्फ्रेण्डसँग बस्दै आएको भनिएको थियो । पारस–हिमानीबीच सम्बन्ध चिसिएको भनिदै आएकोमा यो भेटले नयाँ शिराबाट सम्बन्ध विकास हुने अपेक्षा गरिएको छ ।
मुलुकमा राजतन्त्रको अन्त्यसँगै तनावमा रहेका पारस पार्टी खोलेर सक्रिय हुन चाहन्थे । तर एकाएक चितवनमा रुवेल चौधरीसँगको विवादपछि पिता ज्ञानेन्द्रबाट झन् टाढिए । तर हिमानी भने हिमानी ट्रष्ट खोलेर समाजसेवा गर्दै आएकी छन् । यो खबर आजको जनआस्थामा साप्ताहिकमा सन्तोष रसाइलीले लेखेका छन् । source:pahilopost




प्रतिक्रिया दिनुहोस्...