जापानी नागरिकको घाटी रेटी हत्या (भिडियो सहित


टोकियो इस्लामिक स्टेट आतंकवादी द्वारा बन्धक बनाईएका अर्का जापानीज नागरिक केन्जी गोटोको घाटी रेटी हत्या गरेको भिडियो सार्वजनिक । IS द्वारा केहि महिना देखि बन्धक बनाइएका दुइ जना जापानिज नागरिकको फिरौतीको लागि २०० मिलियन डलर शर्त राखेको थियो । इस्लामिक स्टेटको शर्त पुरा नभय पछी एक जना जापानिज नागरिकको हत्या गरेको एक हप्ता नबित्दै ४७ बर्षिय स्वतन्त्र पत्रकार तथा फिल्म निर्माता केन्जी गोटोको पनि घाटी रेटी हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । IS आतंककारी बीच जापान सरकारको कुराकानी असम्भव भय पछी गोटोको हत्या गरेको बताएको छ । जापान सरकार र जापानिज प्रधानमन्त्री यस हत्याको जिम्मेवार रहेको IS को भनाइ छ । यो हत्या जापान सरकारको लागि संदेश हो भन्दै IS लडाकु धम्कि दिदै भन्छ यो हत्या नै अन्तिम होइन अरु जापानिज नागरिकको पनि घाटी रेटिने छ । जापान लगायत अमेरिका, युके र फ्रान्सले यस हत्याको निन्दा गरेका छन ।






प्रतिक्रिया दिनुहोस्...