आँखाभरी आँशु पार्दै प्रचण्डले भने–′अब काठमाडौं नर्फकन पनि सक्छु..


काठमाडौं । संविधानसभामा बहुमतको आधार सत्ता पक्षले अघि बढाएको प्रक्रियाविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमाओवादीका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरूले छिटै राजधानी छोड्ने भएका छन् ।

एमाओवादी केन्द्रीय समितिको आइतबारको बैठकले शीर्ष नेताहरुलाई काठमाडौ छोडाउने निर्णय गरेको छ ।
आन्दोलनको मोर्चा समाल्न अध्यक्ष पुष्पकमल दाहाललाई मध्य क्षेत्रमा,बरिष्ठ नेता बाबुराम भट्टराईलाई पश्चिम क्षेत्र र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पूर्वी क्षेत्रमा पठाउने निर्णय गरेको छ।

तीनै जना नेताहरुले सोमबार पार्टी केन्द्रीय कार्यालयमा आ-आफनो क्षेत्रका केन्द्रीय सदस्यहरुको बैठक राखेर ती क्षेत्रका कार्यक्रम बनाउन लागेको प्रवक्ता दिनानाथ शर्माले बताए।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रश्नावली समिति विघटन नभएसम्म वार्तामा नआउने बताए। संविधानसभा छोड्न लागेको हो भन्ने जिज्ञासामा प्रचण्डले भने, ′यो निर्णय गरिसकेका छैनौं। प्रक्रियालाई जबरजस्ती अघि बढाइयो भने हामी नफर्कने स्थिति पनि बन्नसक्छ।′ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।




प्रतिक्रिया दिनुहोस्...