मोदीको सुटको मूल्य १ करोड ४१ लाख
फोटो :एजेन्सी
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादित सुटको लिलामी दोस्रो दिन बिहीबार पनि जारी रहेको छ । बधुबारबाट शुरु लिलामीका क्रममा सुटलार्इ एक करोड ४१ लाख भारतीय रुपैयाँसम्ममा खरिद गर्ने निस्केका हुन् ।
भारतकै व्यापारी कोमलकान्त शर्माले बिहीबार अपरान्हसम्ममा सबैभन्दा बढी एक करोड ४१ लाख रुपैयाँमा खरिद गर्ने बोल लगाएका हुन् ।
बुधवार ५० लाख रुपैयाँबाट यो सुटको खरिदका लागि बोल शुरु भएको थियो । बुधबार सुरतका एक कपडा व्यापारी मोदीको विवादास्पद सुटलार्इ एक करोड २५ लाख रुपैयाँको बोल लगाएका थिए ।
मोदीले यो सुट अघिल्लो महिना अमेरिकी राष्ट्रपति बराक ओबामाको भारत भ्रमणका क्रममा लगाएका थिए । साइन्स कन्भेन्स सेन्टरमा चलिरहेको लिलामीको यो प्रक्रिया शुक्रबार साँज ५ बजे सकिनेछ ।

सुरतका नगर निगम आयुक्त मिलिन्द तोरावनेले मोदीलार्इ दिइएको उपहार राष्ट्रिय सम्पत्ति भएकाले यसबाट आउने पैसा स्वच्छ गंगा अभियानमा खर्चिने बताएका छन् ।