कांग्रेस–एमालेको हालत राजतन्त्रको जस्तै हुने बाबुरामको चेतावनी


फोटो :हरि शर्मा
परासी : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेले घमण्ड गरेमा उनीहरुको हालत राजतन्त्र जस्तै हुने बताएका छन् । 
 
क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखाले परासीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले ३० दलीय मोर्चाको आन्दोलनलाई कम्जोरी नठान्न चेतावनी एि । उनले जनतासँग मिलेर बस्न नसक्दा राजतन्त्र अन्त्य भएको स्मरण गराए । 

‘फागुन १६ गतेको आन्दोलनलाई कमजोरी नठानियो । जनतासँग मिलेर बस्न नसक्दा राजतन्त्रको अन्त्य भयो’, नेता भट्टराईले भने, ‘कांग्रेस र एमालेले पनि जनतासँग मिलेर नबस्दा राजतन्त्र अन्त्य भएको स्मरण गरुन् ।’
विगतको सम्झौता र जनमतको कदर गर्दै सहमतिबाट संविधान जारी हुनेमा आफू विश्वस्त रहेको भट्टराईको भनाइ थियो । 

सहमतिबाट संविधान जारी गर्नेमा दबाब दिनका लागि पश्चिम क्षेत्र दौडाहामा निस्केका नेता भट्टराईले विहिवार सदरमुकाम परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन । 

शान्ति प्रकृयाको आधा हिस्सा माओवादी र आधा हिस्सा कांग्रेस एमाले भएकाले संविधानसभाबाट बन्ने संविधान शान्ति प्रकृयाका हस्तक्षकारी शक्तिहरुको बीचको समझदारीबाट टुङ्ग्याउन सत्तारुढ दल लाग्नेमा भट्टराईले विश्वास व्यक्त गरे । 

२००७ देखिका सहमति र सम्झौतालाई लत्याउँदै कांग्रेस र एमालेले नयाँ संविधानको कवच ओढाएर २०४७ सालकै संविधान त्याउन खोजेको भट्टराईको आरोप थियो । 






प्रतिक्रिया दिनुहोस्...