आतंकवादीले पाइलटलाई पिंजडाभित्र राखेर जिउँदै जलाए (भिडियो) -


एक जना पाइलटलाई एक अतिवादी संगठनले जिउँदै जलाएर मारिदिएको छ  । ईस्लामिक अतिवादी संगठन आईएसले उसको कब्जामा रहेका जोर्डनी पाइलट मोएज अल कसासबेहलाई अदिवादीको समूहले जिउँदै जलाएर मारिदिएको हो ।
pilot3final
अति क्रुर तरिकाबाट कसासबेहलाई जिउँदै जलाएको भिडियो इन्टरनेटमार्फत् सार्वजनिक गरिएको छ । पाइलत कससाबेहको हत्या गरिएको कुरालाई जोर्डन सरकारले पुष्टि गर्दै त्यसको कडा शब्दमा निन्दा गरेको छ ।
अतिवादी समूहले पाइटल कसासबेहलाई एउटा पिंजडाभित्र राखेर बाहिरबाट आगो लगाइएको भिडियोमा देखिएको छ । आइएसविरुद्धको मिसनमा सहभागी पाइलट कसासबेहले चलाएको विमान गत डिसेम्बरमा सिरियाको राक्का क्षेत्रमा खसेपछि आइएसले उनलाई कब्जामा लिएको थियो ।
जोर्डनले उनलाई छुटाउन ठूलो पहल गरेपनि सफल भएन । कसासबेहको हत्याको खबरलगत्तै जोर्डनी राजा अब्दुल्लाले आफ्नो अमेरिकी यात्रालाई बीचमै रोकेर देश फर्किएका छन् ।
pilotfinal1
उनले देशवासीलाई एकजुट रहन पनि अपील गर्नुभएको छ । पाइलटको हत्याप्रति विश्वभरबाट निन्दा गरिएको छ । ऐजेन्सी 






प्रतिक्रिया दिनुहोस्...