काँडाघारीको चप्पल कारखानामा आगलागी, लाखौको क्षति
काठमाडौँको काडाँघारीमा रहेको एक चप्पल कारखानामा आगलागी भएको छ। | |
काठमाडौँ, फागुन १६ - काठमाडौँको काडाँघारीमा रहेको एक चप्पल कारखानामा आगलागी भएको छ । शनिबार राती सवा नौ बजेदेखि सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
काठमाडौँ र भक्तपुरको दुई वटा दमकलले आगो निभाउन नसकेपछि काठमाण्डौबाट गएको अर्को दमकल र स्थानीयको सहयोगले आगो नियन्त्रणमा आएको काडाँघारीका प्रहरी निरीक्षक दीपक ढुङेगलले जानकारी दिए।
आगलागीको कारण नखुलेको र त्यसको कारण तथा आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक ढु्गेंलको भनाई छ । आगलागीबाट लाखौको क्षति भएको अनुमान गरिएपनि एकिन विवरण आउन बाँकी छ।
|