कति छन् अमेरिकामा हिन्दु ?


मन्दिरमा 'गेटआउट' लेखिएपछि वासिंटनमा विवाद
६ फागुन, काठमाडौं । अमेरिकाको वासिंटनस्थित एउटा हिन्दु मन्दिरको भित्तामा अज्ञात व्यक्तिले ‘गेट आउट’ लेखेपछि त्यहाँ रहेका हिन्दूहरुमा आक्रोश देखिएको छ । सो मन्दिरको भित्तामा स्वास्तिक चिन्ह मेटेर ‘गेट आउट’ लेखिएको छ ।


अमेरिकाका हिन्दुहरुले शिवरात्री मनाउने तयारी गरिरहेको पूर्वसन्ध्यामा तोडफोड भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

वासिंहटनको बोथेल स्थित हिन्दु मन्दिर एवं सा.सांस्कृतिक केन्द्रका अध्यक्ष नित्यरञ्जनको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ, ‘अमेरिकामा यस्तो घटना हुनु राम्रो होइन, तिमी बाहिर निकाल्ने को हौ ? अमेरिका आप्रवासीहरुको देश हो ।’
नित्यरञ्जनका अनुसार यसप्रकारको वाल पेन्टिङ केही वर्ष पहिले पनि भएको थियो । तर, त्यसको त्यति वास्ता गरिएको थिएन । अहिले अमेरिकामा हिन्दुमाथि यसप्रकारका घटना बढेका छन् ।
हिन्दु अमेरिकन फाउन्डेसनले यस्तो कार्यको निन्दा गरेको छ भने अमेरिकी प्रहरीले घटनाको अनुसन्धान थालेको छ । सरकारी अधिकारीहरुले मन्दिरको भ्रमण गरेका छन् ।
कति छन् अमेरिकामा हिन्दु ?
अमेरिकामा हिन्दुहरु अल्पसंख्यक समुदायका रुपमा रहेका छन् । तथ्यांकअनुसार अमेरिकाको कूल जनसंख्याको ०.५ प्रतिशत हिन्दु छन् ।
Obamaत्यहाँ रहेका भारतीय अमेरिकनहरु हिन्दु धर्म मान्छन् । त्यस्तै नेपाल, श्रीलंका, भुटान, बंगलादेश र कतिपय अफगानिस्तानी आप्रवासीहरु पनि अमेरिकामा हिन्दु कम्युनिटीमा पर्छन् ।
अमेरिकामा हिन्दुहरुको बसोबास निकै पुरानो मानिन्छ । सन् १८९३ मै सिकागोमा भारतीय स्वामी विवेकानन्दले विश्व धार्मिक संसदलाई सम्बोधन गरेका थिए । विवेकानन्दले त्यसबेला दुई वर्षसम्म अमेरिकाका विभिन्न शहरमा पूर्वीय दर्शनको प्रचार गरेका थिए ।
त्यस्तै स्वामी राम तीर्थले सन् १९०२ मा अमेरिकामा धर्म प्रचार गरेका थिए । त्यसपछि बारम्बार हिन्दु गुरुहरुले अमेरिकामा हिन्दु धर्मको प्रचार गर्दै आएका छन् ।
त्यसो त ओशो रजनीशले पनि अमेरिकामा शिविर बनाएर ध्यान र पूर्वीय दर्शन फैलाएका थिए । धेरै अमेरिकीहरु ओशोको पछाडि लागेपछि उनलाई अमेरिकाले देश निकाला गरेको थियो ।
हाल अमेरिकामा हिन्दुहरुको हक रक्षाका लागि हिन्दु अमेरिकन फाउन्डेसन कार्यरत छ । त्यहाँ विन्दु वैदिक विश्वविद्यालय पनि छ । विभिन्न राज्यमा ठूला ठूला हिन्दु मन्दिरहरु स्थापना भएका छन् । ती मन्दिरमा बेलाबखत प्रवचन र धार्मिक  कार्यक्रमहरु भइरहन्छन् ।
नेपाली हिन्दुको चहलपहल
अमेरिकामा त्यहाँ रहेका नेपाली हिन्दुहरुले पनि मन्दिर बनाउनेदेखि विभिन्न धार्मिक समारोहको आयोजना गर्ने गरेका छन् । टेक्सासको ड्यालसमा नेपालीहरुले आफ्नै भवन र मन्दिर बनाएका छन् ।
अमेरिकामा रहेका नेपाली हिन्दुहरु शिवरात्री, फागु पूणिर्मा, तीज, दशैं तिहारजस्ता चाडपर्वहरु सामुहिकरुपमा मनाउने गर्दछन् ।




प्रतिक्रिया दिनुहोस्...